मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ‘उत्कृष्ट मुख्यमन्त्री पुरस्कार’
मुख्यमन्त्री प्रेमसिंह तामाङ पुरस्कृत


गान्तोक, 25 अप्रेल (हि.स.)। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उत्कृष्ट मुख्यमन्त्री पुरस्कार” प्रदान गरिएको छ। नयाँ दिल्लीस्थित स्थानीय एउटा होटलमा आज आयोजित एसियाली नेतृत्व शिखर सम्मेलन तथा सिक्स सिग्मा स्वास्थ्य सेवा उत्कृष्टता पुरस्कार २०२६ को सातौँ संस्करणमा उक्त पुरस्कार प्रदान गरिएको हो।

उक्त पुरस्कार मुख्यमन्त्रीको तर्फबाट सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ थेन्डुप भोटियाले ग्रहण गरे। यो सम्मान मुख्यमन्त्रीको नेतृत्व, सुशासन तथा राज्यमा सार्वजनिक सेवामा पुर्‍याएको योगदानको कदरस्वरूप प्रदान गरिएको हो।

उक्त सम्मेलनमा नीति निर्माणकर्ता, वरिष्ठ अधिकारीहरू, सुरक्षा निकायका सदस्यहरू, स्वास्थ्य क्षेत्रका विशेषज्ञहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। शासन, स्वास्थ्य सेवा, नेतृत्व तथा सार्वजनिक सेवामा योगदान पुर्‍याउने विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई फरक-फरक विधामा सम्मान गरिएको थियो।

यस सम्मानले राज्य सरकारले सुशासन प्रणाली सुदृढीकरण र सेवा प्रवाहमा सुधार ल्याउनेतर्फ गरेको निरन्तर प्रयासलाई प्रतिबिम्बित गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande