छोटा रङ्गीत नदीको जलस्तर अचानक बढेपछि क्षेत्रवासी त्रसित
रङ्गीन नदी


दार्जिलिङ, 25 अप्रेल (हि.स.)। शनिबार बिहान अचानक मौसम बिग्रिएर पानी पर्न थालेपछि छोटा रङ्गीत नदी जलस्तर बढ्यो। नदीमा जलस्तर बढेपछि छेउछाउ बसोबास गर्ने सर्वसाधारण निकै त्रसित बनेका छन्।

अचानक नदीमा जलस्तर बढेकाले चार अक्टोबरको घटना स्मरण गराएपछि भयले पुलबजार लगायतका क्षेत्रहरूमा बसोबास गर्ने स्थानीयवासीहरु त्रसित बनेको बताइएको छ। अर्कोतिर, विगतमा आएको भलपैह्रोपछि जन प्रतिनिधिहरुले भ्रमण गरी तत्काल काम गर्ने बाचा गरे तापनि अहिलेसम्म पुलबजार पुल नबनिएकाले क्षेत्रवासी निक्कै रुष्ट बनेका छन्।

यसका साथै बर्खायाम शुरु हुनभन्दा अगावै नदीको यस्तो आवस्था देखिएकाले स्थानीयवासीहरुमा त्रासको माहोल छाएको स्थानीय विनोद छेत्रीले बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande