भाजपा नेताहरुले राज्यपालसँग शिष्टाचार भेट गरे
Governor met bjp leaders


गान्तोक, 25 अप्रेल (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग आज लोकभवनमा बिहार सरकारका मन्त्री दिलीप जायसवाल, पुरी (ओडिशा) का सांसद तथा भाजपा राष्ट्रिय प्रवक्ता सम्बित पात्रा र दार्जिलिङका सांसद तथा भाजपा राष्ट्रिय प्रवक्ता राजु बिष्टले शिष्टाचार भेट गरेका छन्। उक्त जानकारी आज लोकभवनले दिएको छ।

लोकभवनका अनुसार, तीनै जना जनप्रतिनिधि आज प्रदेश भ्रमणमा रहेका थिए। भेटका क्रममा सिक्किमसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल भयो।उल्लेख्य, प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी सिक्किम भ्रमणलाई लिएर तयारी चलिरहेको छ। यसै क्रममा भाजपा नेतृत्वहरू सिक्किम आएका हुन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande