
हुगली, 25 अप्रेल (हि.स.)। हुगली जिल्लाको चुचुड़ा क्षेत्रमा शनिवार बिहान ट्रेनमा तकनिकी खराबी आएको कारणले यात्रीहरूलाई ठूलो समस्या भयो। डाउन बर्धमान लोकल ट्रेनको चक्का जाम(ब्रेक बाइण्डिङ्ग) भएको कारणले ट्रेन बीच बाटोमौ रोकियो जसले गर्दा त्यसमा सवार यात्रीहरूलाई अबेरसम्म प्रतिक्षा गर्नुपऱ्यो।
जानकारी अनुसार बिहान 7:09 बजी चुचुड़ा स्टेशन पुग्ने डाउन बर्धमान लोकल हुगली स्टेशनबाट प्रस्थान भएको केही क्षणमै तकनिकी खराबीको शिकार भयो। चक्का जाम भएको कारणले ट्रेन लगभग आधा घण्टासम्म बाटोमै रोकियो जसले गर्दा यात्रीहरूलाई असुविधाको सामना गर्नुपऱ्यो।
पछि डाउन ब्याण्डेल लोकल चुचुड़ा स्टेशनमा आइपुगेपछि फसेका यात्रीहरू त्यसमा सवार भई आ-आफ्नो गन्तव्य तर्फ प्रस्थान भए।तथापि यो ट्रेन पनि निर्धारित समयभन्दा लगभग 15 मिनट ढिलो आइपुगेको कारणले यात्रीहरूलाई लगभग एक घण्टा विलम्ब भयो।
गर्मीको मौसममा यस किसिमको ट्रेन बाधा झेल्न पर्दा यात्रीहरू असन्तुष्ट भए। रेलवे सूत्र मुताविक पछि उक्त ट्रेनमा आएको बाधालाई ठीक गरी हावड़ा तर्फ प्रस्थान गराइयो। पूर्व रेलवेका जनसम्पर्क अधिकारी शिवराम माजीले भने, समस्याको कारण पत्तो लगाउन जाँच गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा