
गान्तोक, 25 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले नगरपालिका चुनाउमा निर्वाचित बनेकोमा सृजना छेत्रीलाई हार्दिक बधाई दिएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा गान्तोक नगरपालिका चुनाउ अन्तर्गत वार्ड नम्बर १० डीपीएचबाट पार्षद पदमा सफल निर्वाचित भएको भाजपा-एसकेएम गठबन्धनकी उम्मेदवार सृजना छेत्री (भाजपा) लाई हार्दिक बधाई दिएका छन्।
उनले पार्षद छेत्रीलाई सफलताको शुभकामना पनि दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल