अग्निमित्रा पालमाथि हमलाकाण्डमा प्राथमिकी दर्ता, एकजना पक्राउ
अग्निमित्रा पालमाथि हमलाकाण्डमा प्राथमिकी दर्ता, एकजना पक्राउ


आसनसोल, 25 अप्रेल (हि.स.)। आसनसोल दक्षिण विधानसभा सीटबाट भाजपा उम्मेद्वार औ पश्चिम बङ्गाल भाजपा प्रदेश कमिटीकी उपाध्यक्ष अग्निमित्रा पालमाथि कथित ज्यानमारा हमला भएको मामिलामा हीरापुर थाना पुलिस एक्शन मोडमा आएको छ। घटनाको सिलसिलामा प्राथमिकी दर्ता गरी एकजना आरोपीलाई पक्राउ गरिएको छ।

भनिन्छ, बाँकुड़ा जिल्लाको खतरा ढलाई रोड, जीवनपुर निवासी जयन्त विश्वासको सिकायतमा यो मामला दर्ता गरियो। जयन्तले ई-मेलको माध्यमबाट सिकायत पठाए जसको आधारमा बीएनएसको धारा 126(2), 124(4)/35 र 109 अन्तर्गत प्राथमिकी दर्ता गरियो।

पुलिसले तत्काल कारबाही गर्दै हीरापुर थाना क्षेत्रस्थित रहमत नगर निवासी 49 वर्षीय असगर अलीलाई पक्राउ गरी शुक्रवार अदालतमा पेश गऱ्यो। जाँच अधिकारी एवं निरीक्षक अन्जन मण्डलको अपीलमा अदालतले आरोपीलाई दुई दिनको पुलिस रिमाण्डमा पठाएको छ। मामिलामा अन्य आरोपीहरूलाई खोजिरहेको छ।

घटना गत बिहीवारको हो जतिबेला भाजपा उम्मेद्वार अग्निमित्रा पालले आफ्नो विधानसभा क्षेत्रका विभिन्न बूथहरूको दौड़ाह गरिरहेकी थिइन्। यसै अवधि हीरापुर थाना अन्तर्गत रहमत नगर क्षेत्रमा उनको वाहनमाथि कथित रूपमा ढुङ्गामुड़ा गरियो जसमा वाहनको पछिल्लोतिरको शिशा फुट्यो। घटनापछि अग्निमित्रा पालले हीरापुर थानामा पुगेर मौखिक सिकायत दर्ता गराएकी थिइन्। यस घटनापछि अग्निमित्रा पालको वाहनभित्र हेलमेट लगाएर बसेको तस्वीर सोशल मीडियामा द्रूत गतिमा भाइरल भएको थियो जसले राजनीतिक जगतमा खैलाबैला मचाइदिएको थियो।

पुलिसले सम्पूर्ण ममिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ। भगौड़ा आरोपीहरूलाई समात्नका लागि लगातार छापामारी भइ

रहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande