
गान्तोक, 30 अप्रेल (हि.स.)। भारतीय सेनाको 17 माउण्टेन डिभिजनका जेनरल अफिसर कमिण्डिङ महिपाल सिंह राठौर सिक्किमबाट स्थानान्तरित भएका छन्। उनले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। मुख्यमन्त्रीले सफल कार्यकालपछि सिक्किमबाट सरुवा भएकोमा उनलाई हार्दिक कृतज्ञता व्यक्त गरे।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा भने, 'उहाँको नेतृत्व, समर्पण र व्यावसायिकताले राज्यमा सुरक्षा, स्थिरता र नागरिक-सैन्य समन्वयलाई अझ सुदृढ़ बनाएको छ। राष्ट्रको सीमाको रक्षा गर्दै विभिन्न सामाजिक पहलहरूमा उहाँले पुर्याउनुभएको अमूल्य योगदान सधैं गहिरो सम्मान र कदरका साथ सम्झिनेछ।'
मुख्यमन्त्रीले आगामी सबै जिम्मेवारीहरूमा उनको निरन्तर सफलता, सुस्वास्थ्य र विशिष्ट सेवाका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल