तीन युवतीको मृत्युकाण्डः गुवाहाटीको रूद्राक्ष मलस्थित एक्सोरो बारको लाइसेन्स रद्द
तीन युवतीको मृत्युकाण्डः गुवाहाटीको रूद्राक्ष मलस्थित एक्सोरो बारको लाइसेन्स रद्द


गुवाहाटी, 30 अप्रेल (हि.स.)। गुवाहाटीको रुद्राक्ष मल स्थित एक्सोरो बारको लाइसेन्स प्रशासनद्वारा रद्द गरिएको छ। यो कारबाही मठघरियामा भएको सड़क दुर्घटनापछि खुलासा भएको गम्भीर अनियमितताहरूलाई ध्यानमा राखेर गरिएको हो।

जानकारी अनुसार मठघरिया दुर्घटनापछि मामिलाको अनुसन्धान गर्ने क्रममा एक्सोरो बारसित सम्बन्धित धेरै वटा तथ्यहरू उजागार भएको छ। थाहा लागे अनुसार बार निर्धारित समय-सीमाको उल्लङ्घन गर्दै राति 3 बजीसम्म यसलाई सञ्चालित गरिँदैथ्यो।

प्रशासनले मामिलालाई गम्भीर रूपमा लिएर तुरून्तै कारबाही गर्दै बारको लाइसेन्स रद्द गरिदियो। साथै सम्बन्धित अधिकारीहरूले स्पष्ट पारे, नियमहरूको उल्लङ्घन गर्ने अन्य प्रतिष्ठानहरू विरूद्ध पनि कड़ा कदम उठाइनेछ।

उल्लेखनीय छ, एक्सोरो बारमा राति 3 बजीसम्म रक्सी खाएपछि तीन जना युवतीहरूलाई लिएर 135 किलोमीटर प्रतिघण्टाको गतिले हाँकिरहेको वाहन मठघरियामा दुर्घटनाग्रस्त भएको थियो। यस घटनामा तीन जना युवतीहरूको मृत्यु भएको थियो।अगरतलाका कथित निवासी वाहन चालक समिम अहमद दुर्घटनापछि वाहन छोड़ेर भागेको थियो जसलाई गत मङ्गलवार डिब्रुगढ़ जिल्लाबाट पक्राउ गरियो। सम्पूर्ण घटनाक्रमको जाँच गर्दै पुलिसले सीसीटीभी फुटेजको जाँच गऱ्यो जसको आधारमा सम्पूर्ण वास्तविकता उजागार भयो। पक्रा पर्ने चालकलाई पुलिस हिरासतमा जाँचबुझ गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande