
गुवाहाटी, 30 अप्रेल (हि.स.)। गुवाहाटीको बी बरुवा कलेज सामू भएको एक भयानक सड़क दुर्घटनामा सीता देवी नामक महिलाको गत मङ्गलवार भएको मृत्युको मामिलामा पुलिसले आरोपी वाहनलाई जफत गरेको छ।
प्राप्त जानकारी अनुसार ज्योतिर्मय नाथ नामक चालकले वाहन हँकिरहेको समय सीता देवीलाई ठक्कर लागेको थियो जसले गर्दा तिनी गम्भीर रूपमा घाइते भएकी थिइन्। पछि उपचारको क्रममा तिनको मृत्यु भयो। दुर्घटनालाई परिणाम दिएपछि चालक घटनास्थलबाट भागेको थियो।
घटनाको सम्पूर्ण दृश्य नजिकैको सीसीटीभी क्यामरामा कैद भएको थियो। पुलिसले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गरी भगौड़ा चालक विरूद्ध कड़ा कारबाही गर्ने तयारी गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा