
मङ्गन, 30 अप्रेल (हि.स.)। केन्द्रिय संसदीय मामिला एवं अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजु मङ्गन जिल्लाको लाचुङ पुगेका छन्। उनी उत्तर सिक्किमको दुई दिवसीय भ्रमणमा आएका हुन्।
केन्द्रिय मन्त्रीलाई लाचुङस्थित सेनाको अतिथि गृहमा चुङथाङका एसडीएम अरुण छेत्री, एसडीपीओ चन्दन छेत्री र भारतीय सेनाका अधिकारीहरूले स्वागत जनाए।
लाचुङ आउने क्रममा केन्द्रिय मन्त्री रिजिजुले चुङथाङ ब्रिजमा ओर्लिएर अक्टोबर 2023 मा आएको भलपैह्रोले पुऱ्याएको क्षतिको अवलोकन गरे। मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैनले उनलाई जिल्लामा चलिरहेका पुनर्स्थापना कार्यबारे जानकारी गराएका थिए।
हिन्दुस्थान समाचार / बिशाल