मप्रको सतनामा सोल्भेन्ट प्लान्टमा आगलागी, जिउँदै जल्यो मजदूर, आक्रोशित मानिसहरूले गरे चक्काजाम
मध्य


सतना, 19 मई (हि.स.)। मध्य प्रदेशको सतना जिल्लाको अमरपाटन रोडमा विद्याश्री सोल्भेन्ट प्लान्ट (तेल मिल) मा अज्ञात कारणले सोमवार राति आगलागी भएको छ। एक कामदार जिउँदै जलेको छ भने अर्को गम्भीर घाइते भएको छ। दुर्घटनापछि आक्रोशित बासिन्दाले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन्।

क्षेत्रका सीएसपी डीपी सिंह चौहानले भने, सोमवार राति अमरपाटन रोडको भटनवारा नजिकै स्थि विद्याश्री सोल्भेन्ट प्लान्टमा अज्ञात कारणले आगलागी भयो। प्लान्टमा रहेको चामलको भूसबाट राइस ब्रान ओयल उत्पादन गरिन्थ्यो। त्यसैले चामलको भूस र तेलको सम्पर्कमा आगो यति छिटो फैलियो कि सम्पूर्ण परिसरलाई आगोले घेऱ्यो।

उनले भने, घटनाको समय घटनास्थलमा चारदेखि पाँच कर्मचारीहरू उपस्थित थिए। तिनीहरूमध्ये केही भाग्न सफल भए तर तिघराका बासिन्दा मेसिन अपरेटर दिलावर सिंह परिहार र मुन्नु केवट भित्रै फसे। आगो यति तीव्र थियो कि यसको ज्वाला धेरै किलोमिटर टाढ़ाबाट पनि देख्न सकिन्थ्यो। यसैबीच आगलागीको खबर पाएपछि नगरपालिकाको दमकल, पुलिस टोली सहित घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरे। नगरपालिकाको दमकलकर्मीहरूले आगो नियन्त्रण गर्न लगभग चार घण्टासम्म संघर्ष गरे।

लगभग साढ़े दुई घण्टाको प्रयासपछि भित्र फसेका कर्मचारी मुन्नू केवटलाई उद्धार गरी एम्बुलेन्समा जिल्ला अस्पताल लगियो तर दिलावरलाई बचाउन सकिएन। खोजी गर्दा युवकको पूर्ण रूपमा जलेको शरीरको अवशेष मात्र भेटियो। सोल्भेन्ट प्लान्टमा आगलागीको कारण अझै अज्ञात छ। यसैबीच घटनाको खबर पाएपछि सीएसपी, एसडीएम सिटी राहुल सिलाडिया, उचेहरा एसडीएम सोमेश द्विवेदी, कोतवाली टीआई रवेन्द्र द्विवेदी, कोलगवान टीआई सुदीप सोनी, सिभिल लाइन्स टीआई योगेन्द्र सिंह, नगरपालिकाको दमकल अधिकारीहरू र ठूलो संख्यामा पुलिस कर्मीहरू घटनास्थलमा पुगे र स्थिति नियन्त्रण गर्नथाले।

सीएसपी डीपी सिंह चौहानले भने, आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि र कारखाना परिसरमा गर्मी कम भएपछि सम्बन्धित विज्ञहरूद्वारा गहन निरीक्षण गरिनेछ र घाइते कामदारहरू र अन्यसित सोधपुछ गरिनेछ, त्यसपछि मात्र स्थिति स्पष्ट हुनेछ।

यसैबीच आगलागीमा मृत्यु भएका अपरेटर दिलावर सिंहका परिवारका सदस्यहरू र गाउँलेहरू पनि घटनास्थलमा पुगे र आफ्नो आक्रोश व्यक्त गर्न सतना-अमरपाटन सड़क अवरुद्ध गरे। क्षतिपूर्तिको बारेमा धेरै चरणको वार्तापछि प्लान्ट मालिकले 15 लाख रूपियाँ र प्रशासनले अन्त्येष्टिको लागि 25 हजार रुपियाँको आश्वासन दिएपछि बिहान 3.30 बजी नाकाबन्दी समाप्त भयो। आगलागी भएको चामल मिल सतनाका निवासी सौरभ जैनको स्वामित्वमा थियो। उत्तर प्रदेशको लखनऊका निवासी वीरेन्द्र प्रधानले यसलाई भाड़ामा लिएर सञ्चालन गरेका थिए। मिलले चामलको भूसबाट तेल उत्पादन गर्दै आएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande