
इन्दौर, 20 मई (हि.स.)। इन्दौरमा आजदेखि ब्रिक्स युवा उद्यमिता कार्य समूहको दुईदिने बैठक शुरु भइरहेको छ। “सुदृढ़ता, नवप्रवर्तन, सहकार्य र दिगोपनाका लागि निर्माण” विषयमा आयोजित यस बैठकमा युवा उद्यमी तथा ब्रिक्स सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकको अध्यक्षता भारतले गर्नेछ र यसको आयोजना युवा कार्यक्रम विभागले गरिरहेको छ।
जनसम्पर्क अधिकारी महिपाल अजयका अनुसार, कार्यक्रममा डा. मनसुख माण्डवियाले भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन्। उद्घाटन सत्रको अध्यक्षता केन्द्रिय युवा मामिला एवं खेल राज्यमन्त्री रक्षा निखिल खडसेले गर्नेछिन्। होटल मेरियटमा हुने कार्यक्रममा सरकारी विभाग तथा औद्योगिक एकाइहरूको प्रदर्शनी पनि आयोजना गरिनेछ। रक्षा खडसेले प्रदर्शनीको उद्घाटन गर्नेछिन्।
यस अवसरमा मध्य प्रदेशका खेल एवं युवा कल्याण मन्त्री विश्वास कैलाश सारंग र युवा कार्यक्रम विभागकी सचिव डा. पल्लवी जैन गोविलले पनि आफ्ना विचार राख्नेछन्।
उल्लेखनीय छ, ब्रिक्स कृषि समूहको बैठक इन्दौरमा आगामी ९ र १३ जूनमा आयोजना हुने तय भएको छ। त्यसअघि ब्रिक्स युवा उद्यमिता कार्य समूहको आयोजना गर्ने अवसर इन्दौरले पाएको हो। दुईदिने यस बैठकमा ब्रिक्स समूहका प्रतिनिधिहरूले आफ्ना देशहरूको प्रस्तुतीकरण गर्नेछन्। उनीहरूले आफ्ना देशका उद्यमिता इकोसिस्टम, नवप्रवर्तन मोडेल तथा युवा उद्यमिता पहलसम्बन्धी जानकारी साझा गर्नेछन्।
यसका साथै डिजिटल नवप्रवर्तन तथा प्रविधिमा आधारित नवप्रवर्तन, समावेशी उद्यमिता, हरित उद्यमिता तथा जलवायु-सकारात्मक व्यापार मोडेलका विषयमा प्यानल छलफल पनि आयोजना गरिनेछ।
२१ मई: आईटी पार्क र पीथमपुरको फार्मा उद्योगको अवलोकन गरिने
बैठकको दोस्रो दिन उद्यमिता क्षमता तथा नेतृत्व विकाससम्बन्धी कार्यशालामा ब्रिक्स राष्ट्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। त्यसपछि प्रतिनिधिमण्डलले क्रिस्टल आईटी पार्कको भ्रमण गर्नेछ, जहाँ उनीहरूलाई प्रदेशमा विकास भइरहेको आईटी तथा स्टार्टअप इकोसिस्टमबारे जानकारी दिइनेछ।
यसका अतिरिक्त प्रतिनिधिहरूले पीथमपुरस्थित सिपला लिमिटेड कम्पनीको भ्रमण गरी औषधि उत्पादन तथा आधुनिक औद्योगिक प्रक्रियाको अवलोकन गर्नेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी