
कोलकाता, 26 मई (हि.स.)। पश्चिम बङ्गाल सरकारको ग्रामीण आवास योजना “बङ्गला बाड़ी” अन्तर्गत लाभार्थीहरूको पात्रताको जाँच प्रक्रियाको सम्बन्धमा नयाँ नोटिफिकेशन जारी गरिएको छ। पञ्चायत एवं ग्रामीण विकास विभागका विशेष सचिवले यस सन्दर्भमा अधिसूचना जारी गरेका छन्। अधिसूचना अनुसार विभिन्न जिल्लाहरूहरूका लाभार्थीहरूको सूचीको सत्यापन, पात्र एवं अपात्र मानिसहरूको जाँच एवं सथायी प्रतीक्षा सूचीको पुनरीक्षण गरिँदैछ।
सरकारी निर्देश अनुसार अस्थायी सूचीमा पहलिबाटै नाम सामेल रहेका परिवारहरूको दस्तावेज, आवास स्थिति, आय तथा जमीन सम्बन्धि जानकारीको जाँच गरिनेछ। पहिलाबाटै पक्का घर भएका वा योजनाका शर्तहरू अनुरूप नरहेका परिवारहरूको नाम सूचीबाट हटाउन सक्छ भने वास्तविक रूपमै आवश्यकतामा रहेका परिवारहरूलाई अन्तिम सूचीमा सामेल गरिनेछ।
योजना अन्तर्गत मुख्य रूपमा आर्थिक रूपले कमजोर परिवार, कच्चा घरमा बस्ने परिवार तथा राज्यका स्थायी बासिन्दाहरूलाई पात्र मानिनेछ। जिल्ला प्रशासन अनि पञ्चायत स्तरमा सर्भे तथा फिजिकल भेरिफिकेशनको कार्य शुरू गरिएको छ।
सरकारको पक्षबाट लाभार्थीहरूलाई अपील गरिएको छ, उनीहरूले आधार कार्ड, राशन कार्ड, भोटर आईडी, ब्याङ्क खाता र जमीनसित सम्बन्धित दस्तावेजहरू तयार राखुन् ताकि जाँच प्रक्रिामा कुनै पनि प्रकारको समस्या नहोस्। पात्रता जाँच पूरा भएपछि नै अन्तिम लाभार्थी सूची प्रकाशित गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा