खरसाङ स्कूल अफ् म्युजिकको वार्षिक संगीत उत्सव सम्पन्न
खरसाङ स्कूल अफ् म्युजिकको वार्षिक संगीत उत्सव सम्पन्न


खरसाङ, 31 मई (हि.स.)। खरसाङ स्कूल अफ् म्युजिकको 19औं वार्षिक संगीत उत्सव आज खरसाङको राज राजेश्वरी हलमा सम्पन्न भयो। यस वर्षको विषय सविन राई स्पेशल रहेको थियो।

यस वार्षिक संगीत उत्सवमा खरसाङ स्कूल अफ् म्युजिकका म्युजिकल ब्याण्डहरूले सविन राईका प्रसिद्ध गीतहरू प्रस्तुत गरे। साथै किबोर्ड, गिटार, ड्रम्सका प्रस्तुतिहरू दिए, जसलाई श्रोताहरूले धेरै मन पराए। कार्यक्रममा सधैं स्कूललाई समर्थन गर्ने सरोजा राई र नविता प्रधानलाई सम्मान जनाइयो।

स्कूलका एक विद्यार्थी सुदर्शन प्रधानलाई पनि स्कूलको तर्फबाट सम्मान जनाइयो। उनी एक परिचित वरिष्ठ साहित्यकार साथै 2021 मा भारत सरकारको तर्फबाट बाल साहित्य अकादमी पुरस्कार प्रापक पनि हुन्।

यस वर्षको ग्रेड परीक्षामा 10 जना विद्यार्थीहरूले डिस्टिङ्सन ल्याएका छन्। उनीहरूलाई स्मृति चिन्ह प्रदान गरी सम्मानित गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande