
सिलगढ़ी, 06 मई (हि.स.)। माटीगढ़ा क्षेत्रमा मादक पदार्थ सेवन गरी होहल्ला गर्नबाट रोकेपछि छिमेकी दम्पत्तीमाथि आक्रमण गरिएको घटना प्रकाशमा आएको छ। घटना माटीगढ़ा थाना अन्तर्गत चामटा क्षेत्रमा मंगलवार राति भएको हो। पञ्चू चिकबड़ाईक नाम गरेको आरोपीलाई पुलिसले हिजो अबेर राति पक्राउ गरेको छ।
स्थानीयहरू अनुसार, अभियुक्तले मादक पदार्थ सेवन गरी क्षेत्रमा प्रायः होहल्ला मच्चाउने गर्थ्यो। मंगलवार राति एक युवकले विरोध गर्दा आरोपीले उनलाई कुटपिट गरे। पतिलाई बचाउन आएकी पत्नीलाई पनि धारिलो हतियारले आक्रमण गरियो, जसबाट उनी गम्भीर रूपमा घाइते भइन्। घटनापछि क्षेत्रमा तनाव सिर्जना भयो।
घटनापछि पीड़ित परिवारले थानामा उजुरी दर्ता गरायो, जसपछि पुलिसले कारबाही गर्दै आरोपीलाई पक्राउ गऱ्यो। पुलिसले यस विषयमा विस्तृत अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी