गोजमुमोको शाखा कमिटीसितै नारी र युवा मोर्चाको शाखा कमिटी गठन
गोजमुमोको शाखा कमिटीसितै नारी र युवा मोर्चाको शाखा कमिटी गठन


खरसाङ, 01 जून (हि.स.)। गोजमुमो टुंग सन्त मेरिज समष्टिमा संगठनलाई दह्रिलो बनाउने कार्य निरन्तर जारी रहेको छ। यसै क्रममा समष्टि अन्तर्गत बेलटार शाखा पुनर्गठन गरिएको छ। समष्टि सभापति राजेस गजमेरको सभापतित्वमा सम्पन्न भएको सभामा नयाँ र पुराना सदस्यहरु कसैलाई नछुट्याई शाखा पुनर्गठन गरिएको बताइएको छ।

गोजमुमो बेलटार शाखामा सभापति प्रवेश छेत्री, उप सभापति सुवास रसाईली, सचिव प्रणय छेत्री, सह सचिव दिवस शेर्पा, कोषाध्यक्ष विवेक छेत्री लगायत 10 जना कार्यकारिणी सदस्य चुनिएका छन्। त्यसरी नै बेलटार शाखामा नारी मोर्चाकी सभापति शकिला मंगर, उप सभापति नीलू मुखिया, सचिव अञ्जली छेत्री, सह सचिवा निकुंजा प्रधान, कोषाध्यक्ष प्रमिला छेत्री लगायत 8 जना कार्यकारिणी सदस्याहरु चुनिएका छन्।

यसरी नै बेलटार युवा मोर्चा शाखामा सभापति राहुल थापा, उप सभापति सलिम थापा, सचिव साहिल रसाईली, सह सचिव साहिल थापा, कोषाध्यक्ष सौरज मुखिया लगायत 12 जना कार्यकारिणी सदस्यहरु चुनिएका छन्। यस सभामा गोजमुमो खरसाङ महकुमा समितिका सभापति योगेन्द्र राई, महकुमा सहसचिव विकास तिरुवा, समष्टि कोषाध्यक्ष छेपाल शेर्पा आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande