
पश्चिम बर्दवान, 13 जून (हि.स.)। विवाह हुन एक दिनअघि शनिवार बिहान दुर्गापुर-फरिदपुर ब्लकको जामगढ़ा क्षेत्रमा एउटा रूखमा युगल प्रेमीको शव झुण्डिरहेको अवस्थामा भेटिएको घटनाले सन्त्राष फैलिएको छ।
मृतकहरूको पहिचान ब्यूटी बागदी (19) र सुकुमार बागदी (23)- को रूपमा भएको छ। पुलिस सूत्रानुसार सुकुमारको घर अण्डालको दक्षिण खण्डमा अवस्थित छ भने ब्यूटीको जामगढ़ामा छ।
स्थानीय मानिसहरू अनुसार यी दुईबीच पछिल्लो लामो समयदेखिको प्रेम सम्बन्ध थियो। तथापि सुकुमार पहिलाबाटै विवाहित थिए जसकारण परिवारले ब्यूटीको विवाह अन्य युवकसित तय गरिदिएको थियो। आइतवार विवाह हुनथ्यो। तर नयाँ जिन्दगी शुरू हुनअगावै यो पीड़ादायी घटना घट्यो। शनिवार बिहान स्थानीय मानिसहरूले दुुईको शवलाई रूखमा झुण्डिरहेको देखेपथि तत्कालै पुलिसलाई सूचना दिए।
सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि दुवै शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि दुर्गापुर महकुमा अस्पतालमा पठाइदियो। ब्यूटीको परिवारजन विधान बागदीले बताए, दुवैबीच लामो समयदेखिको प्रेम सम्बन्ध थियो तर सुकुमार विवाहित भएको कारणले परिवारले ब्यूटीको विवाह अन्यत्र तय गरिदिएको थियो। विवाह हुन ठीक अघि भएको यस घटनाले सम्पूर्ण परिवारलाई शोकाकुल बनाएको छ।
पुलिसले प्राथमिक रूपमा यसलाई आत्महत्याको मामिला मानेर जाँच गरिरहेको छ। घटनापछि दुवै परिवार तथा सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा