सौरभ भारद्वाजले बिजुलीको दर वृद्धि गरेकोमा सरकारलाई लक्षित गरे
सौरभ भारद्वाजले बिजुलीको दर वृद्धि गरेकोमा सरकारलाई लक्षित गरे


नयाँ दिल्ली, 13 जून (हि.स.)। दिल्लीमा बिजुलीको दर बढ़ाएकोमा आम आदमी पार्टी (आआपा)- का दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले शनिवार केन्द्र र दिल्ली सरकारलाई लक्षित गर्दै भने, लगातार बढ़्दो महँगीले आवश्यक सेवाहरू महँगो भएकोले राजधानीका मध्यम वर्गलाई अतिरिक्त बोझको सामना गर्न परिरहेको छ।

सौरभ भारद्वाजले दिल्ली इलेक्ट्रिसिटी रेगुलेटरी कमिशन (डीईआरसी)- द्वारा सरचार्जको अधिक सीमालाई स्वीकृति दिइएकोमा भने, केन्द्र सरकारले पेट्रोल, डिजल, कुकिङ्ग ग्यास लगायत प्रत्येक वस्तुको दाम बढ़ाएको छ भने दिल्ली सरकारले पनि राजधानीमा बिजुलीको दाम बढ़ाएको छ। आम मानिसहरूले महँगीको मार झेलिरहेका छन्।

भारद्वाजले भने, अब दिल्लीमा मिडिल क्लासको लागि बस्नै गाह्रो भइरहेको छ। यसबाट नोकरी-पेशा भएको परिवार पूर्ण रूपमा प्रभावित भइरहेको छ। स्कूलको फीस लगभग दुई गुणा भइरहेको छ, बिजुलीको दाम बढ़ाइएको छ तथा आवास जस्तो बुनियादी मुद्दा लगातार चिन्ताको विषय बन्दै गइरहेको छ। यस्तो स्थितिमा कोही पनि दिल्लीमा बस्नसक्छ त?

दिल्लीमा बिजुलीको बढ़्दो मूल्यमाथि सरकारको आलोचना गर्दै सौरभ भारद्वाजले भने, दिल्लीमा भाजपाको सरकार आउनअघि अरविन्द केजरीवालले भनेका थिए, सरकार बन्नसाथ बिजुलीको मूल्य बढ़्नेछ, मोहल्ला क्लिनिक बन्द गर्नेछ, स्कूलहरूको अवस्था पुरानै हुनेछ, अस्पतालहरूमा निःशुल्क औषधि तथा जाँच बन्द हुनेछ। उनले भने, केजरीवालले जस्तो भनेका थिए, सरकारले सबै काम त्यस्तै गरिरहेको छ जसबाट जनतालाई ठूलो समस्याको सामना गर्न परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande