बस भाड़ा 70 प्रतिशत बढ़्नेछ, यात्रीहरूको बढ़्यो चिन्ता
बस भाड़ा 70 प्रतिशत बढ़्नेछ, यात्रीहरूको बढ़्यो चिन्ता


गुवाहाटी, 15 जून (हि.स.)। असममा बस यात्रीहरूलाई चाँड़ै झट्का लाग्नसक्छ। सदौ असम मोटर परिवहन संस्थाद्वारा बस भाड़ामा 70 प्रतिशत वृद्धि गर्ने निर्णय लिइएको समाचार प्रकाशमा आएपछि आम मानिसहरूको चिन्ता बढ़ेको छ।

प्रस्तावित संशोधन अनुसार अब बसमा चढ़्नसाथ न्यूनतम् भाड़ा 20 रुपियाँ दिनु पर्नसक्छ। भाड़ामा सम्भावित ठूलो वृद्धिले दिनहुँ यात्रा गर्ने यात्रीहरूको समस्या बढ़्ने आशङ्का व्यक्त गरिँदैछ।

यस निर्णय पश्चात विशेष रूपमातल्लो असमका मानिसहरूले असन्तुष्टिसितै चिन्ता व्यक्त गरेका छन्। स्थानीय मानिसहरूको भनाइ छ, एकमुष्ठ 70 प्रतिशत भाड़ा वृद्धिले आम जनतामाथि अतिरिक्त आर्थिक बोझ पर्नेछ अनि दैनिक खर्चको सन्तुलन बिग्रिनेछ।

यात्रीहरूले सरकार अनि सम्बन्धित अधिकारीहरूसित भाड़ा वृद्धिको प्रस्तावमाथि पुनर्विचार गर्ने माग गरेका छन् ताकि आम मानिसहरूले राहत पाउन सकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande