
रायबरेली, 15 जून (हि.स.)। उत्तर प्रदेशको जिल्ला रायबरेलीमा निर्माणाधीन पानी ट्याङ्कीमा काम गर्ने एक चौकीदारको हिजो राति निर्मम हत्या गरिएको छ। गाउँलेहरूको सूचनाको आधारमा पुलिसले शव पोस्टमार्टमको लागि पठाएको छ र अनुसन्धान शुरु गरेको छ। क्षेत्रमा तनाव बढ़ेको कारण गाउँमा ठूलो संख्यामा पुलिस बल तैनाथ गरिएको छ।
गाउँका बासिन्दा रामसजीवन (40) ले बछरावा थाना क्षेत्रको ठकुराइन खेड़ामा रहेको जलजीवन मिशनको पानी ट्याङ्कीको चौकीदारी गर्थे। सधैंझैं, हिजो राति रामसजीवन ट्याङ्की परिसरमा खाटमा सुतिरहेका बेला अज्ञात आक्रमणकारीहरूले धारिलो हतियारले उनको निर्मम हत्या गरे। सोमवार बिहान गाउँलेहरूले उनको रगतले लतपतिएको शव खाटमा पल्टिएको देखेपछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मच्चियो। तुरुन्तै पुलिसलाई खबर गरियो। गाउँलेहरू अनुसार, रामसजीवनको टाउको र अनुहारमा धारिलो हतियारका धेरै निशानहरू थिए र उनको शव रगतले लतपतिएको अवस्थामा खाटमा पल्टिएको थियो।
जानकारी पाएपछि अपर पुलिस अधीक्षक आलोक सिंह भारी पुलिस बल सहित घटनास्थलमा पुगे।
पुलिसले फोरेन्सिक टोलीको सहयोगमा अनुसन्धान शुरु गरेको छ। अपर पुलिस अधीक्षकले घटनास्थलको निरीक्षण गरे औं आफ्ना मातहतका अधिकारीहरूलाई सकेसम्म चाँड़ो मुद्दा समाधान गर्न निर्देश दिए। उनले भने, पुलिस र फोरेन्सिक टोलीहरूले मुद्दाको राम्ररी अनुसन्धान गरिरहेका छन् र चाँड़ै नै यसलाई समाधान गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी