एसडीएफ रिन्चेबुङ सीएलसीको समन्वय बैठक सम्पन्न
एसडीएफ पार्टीको बैठक


गान्तोक, 15 जून (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) को रिन्चेबुङ निर्वाचन क्षेत्रको समन्वय बैठक आज जोरथाङस्थित गरीब उत्थान भवनम सम्पन्न भयो। बैठक सोरेङ जिल्लाका एसडीएफ जिल्ला अध्यक्ष महेन्द्र नाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो।

बैठकमा पार्टीका नेतृत्वहरू तथा रिन्चेबुङ क्षेत्रका एसडीएफ कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उनीहरूको उपस्थितिले पार्टीको एकता, समर्पण र सामूहिक भावनालाई प्रतिबिम्बित गरेको बताइएको छ। बैठकमा संगठनलाई तल्लो तहसम्म सुदृढ़ बनाउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण संगठनात्मक विषयमा छलफल गरिएको थियो।

बैठकले प्रस्तावहरू पनि पारित गरेको छ, जसमा एसडीएफ पार्टीलाई थप सुदृढ़ र पुनर्जीवित गर्ने, पार्टी सदस्य तथा समर्थकहरूलाई संगठनको विकास र विस्तारका लागि सामूहिक रूपमा कार्य गर्न प्रोत्साहित गर्ने‌ र रिन्चेबुङ निर्वाचन क्षेत्रमा समन्वय अभिवृद्धि गर्न तथा भावी गतिविधिहरूलाई प्रभावकारी बनाउन नयाँ सीएलसी कार्यसमिति गठन गर्ने सामेल छन्।

विज्ञप्ति अनुसार, नवनियुक्त सीएलसी कार्यसमिति

अध्यक्ष शिव कुमार राई, उपाध्यक्ष देवेन थापा, महासचिव एरोन राई, संयुक्त सचिव फुचुङ लेप्चा तथा सल्लाहकारहरू एबी राई, एमबी राई र चन्द्र बहादुर राई रहेका छन्। बैठकमा सहभागीहरूले पार्टीलाई भविष्यमा अझ सशक्त, सक्रिय र प्रभावकारी संगठनका रूपमा स्थापित गर्न एकता, प्रतिबद्धता र सामूहिक कार्यलाई मुख्य आधार बनाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande