
तिनसुकिया, 15 जून (हि.स.)। तिनसुकिया जिल्लाको गलापुखुरी क्षेत्रबाट पुलिसले एक कुख्यात चोरलाई पक्राउ गरेको छ। सोमवार पुलिसले जानकारी दिएको छ कि तिनसुकिया पुलिसले सूचनाको आधारमा चोरलाई पक्राउ गरेको हो।
पक्रा परेको संदिग्धको पहिचान पुरानी मातापुरुङ निवासी सत्यजित चुटियाको रूपमा गरिएको छ। पुलिसले उदेखि एउटा स्कुटी र एउटा मोबाइल फोन जफत गरेको छ।
जानकारी अनुसार, गलापुखुरी थाना पुलिसले काकोपाथर क्षेत्रमा गरिएको विशेष अभियानको क्रममा संदिग्धलाई पक्राउ गरेको छ। पुलिसले हाल संदिग्धसँग सोधपुछ गरिरहेको छ। घटनाको थप अनुसन्धान जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी