भागोप्रमोको खरसाङ पञ्चायत समितिको बोर्ड ढल्यो
भागोप्रमोको खरसाङ पञ्चायत समितिको बोर्ड पनि ढल्यो


खरसाङ, 17 जून (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को अधीनमा रहेको खरसाङ खण्ड पञ्चायत समितिको बोर्ड ढलेको छ। बुधवार खरसाङ खण्ड पञ्चायत समितिका 5 जना कर्माध्यक्षसहित जम्मा 11 जना पञ्चायत समिति सदस्य सदस्याहरुले सामुहिक रुपमा राजीनामा दिएका छन्।

बुधवार राजीनामा दिने खरसाङ पञ्चायत समितिका 5 जना कर्माध्यक्षहरुमा दावा वाङ्दी लामा, बीरेन तामाङ, सुकमान उराव, साजन दर्जी र प्रमिला तामाङ रहेका छन्। त्यसरी नै पञ्चायत समिति सदस्य सदस्याहरु क्रमैले चन्द्रप्रकाश शर्मा, अम्बर मिजार, विकास थापा, बबी तामाङ, अनिरा तामाङ र दिक्षा छेत्री गरी 11 जना पञ्चायत समिति सदस्य सदस्याहरुले सामुहिक रुपमा पार्टीको पद र साधारण सदस्यबाट राजीनामा दिएका छन्।

उल्लेख्, खरसाङ पञ्चायत समितिको सहकारी सभापति नारायण थापाले पहिलेबाटै राजीनामा दिइसकेका छन्। 31 जनाको खरसाङ पञ्चायत समितिको बोर्डमा 12 जनाले पार्टीबाट राजीनामा दिएपछि भागोप्रमोको पक्षमा केवल 14 जना मात्र रहेका छन्। खरसाङ पञ्चायत समितिमा भाजपाका 5 जना पञ्चायत सदस्य सदस्याहरु रहेकाले अब भाजपाले बोर्ड गठन गर्ने सम्भावना देखिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande