केन्द्रिय राज्यमन्त्री करन्दलाजेले पीएम एकता मल र हेलेन लेप्चा सरकारी मेडिकल कलेजको प्रगतिको समीक्षा गरिन्
केन्द्रिय राज्यमन्त्री करन्दलाजेले पीएम एकता मल र हेलेन लेप्चा सरकारी मेडिकल कलेजको प्रगतिको समीक्षा गरिन्


गान्तोक, 17 जून (हि.स.)। सिक्किमको दुई दिवसीय आधिकारिक भ्रमणमा रहेकी केन्द्रिय सूक्ष्म, लाघु तथा मध्यम उद्यम (एमएसएमई) र श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेले आज गान्तोकस्थित मनन केन्द्रमाथि अवस्थित निर्माणाधीन पीएम एकता मल (युनिटी मल) को प्रगतिको समीक्षा गरिन्। केन्द्रिय राज्यमन्त्रीलाई भवन तथा आवास विभागका सचिव चन्द्र विजय बस्नेत लगायत विभागका अधिकारीहरूले स्वागत जनाए।

पीएम एकता मल (युनिटी मल) युनियन बजेट २०२३-२४ मा ₹१०६ करोडको अनुमानित लागतमा घोषणा गरिएको एक पहल हो। यो परियोजनालाई देशभरका एक जिल्ला एक उत्पादन, भौगोलिक संकेत उत्पादनहरू, हस्तकला र हस्तकरघा वस्तुहरू र अन्य परम्परागत उत्पादनहरूलाई प्रवर्द्धन गर्न एक अद्वितीय मञ्चको रूपमा परिकल्पना गरिएको छ।

निर्माणाधीन मल २०२७ सम्ममा पूरा हुने निर्धारित छ। यो परियोजना १०० प्रतिशत केन्द्र सरकारको कोष मोडेल अन्तर्गत कार्यान्वयन भइरहेको छ, जसको निर्माण लागत ५० वर्षको अवधिमा राज्यहरूले चुक्ता गर्न सक्ने ब्याजमुक्त ऋणको रूपमा प्रदान गरिएको छ। यस योजना अन्तर्गत केन्द्र सरकारले निर्माणको लागि वित्तीय सहायता प्रदान गर्दछ भने सम्बन्धित राज्य सरकारले जग्गा उपलब्ध गराउनु पर्ने प्रावधान रहेको छ।

पछि, केन्द्रिय राज्यमन्त्रीले सिच्छेमा हेलेन लेप्चा सरकारी मेडिकल कलेजको प्रगतिको पनि समीक्षा गरिन्। सिक्किमको पहिलो सरकारी मेडिकल कलेज सञ्चालनमा आएपछि वार्षिक १०० एमबीबीएस विद्यार्थीहरूलाई भर्ना गर्ने अपेक्षा गरिएको छ, जसले सिक्किम र उत्तर-पूर्वी क्षेत्रका इच्छुक डाक्टरहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ। संस्थाले राज्यमा अत्याधुनिक स्वास्थ्य सेवा सुविधाहरू प्रदान गर्ने र चिकित्सा सेवाहरूलाई सुदृढ पार्ने लक्ष्य पनि राखेको छ।

मेडिकल कलेजमा केन्द्रिय राज्यमन्त्रीलाई एसटीएनएम अस्पतालकी चिकित्या अ​धीक्षक डा. रुथ योन्जन लगायत अन्य अधिकारीहरूले स्वागत गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande