बङ्गलादेशमा पुलिसमाथि अवामी लिगका तीन कार्यकर्ताको हत्याको आरोप
अपदस्थ प्रधानमंत्री शेख हसीना की पार्टी अवामी लीग के इन कार्यकर्ताओं की मौत पर सवाल उठ रहे हैं। फोटो - ढाका ट्रिब्यून


ढाका, २६ जून (हि.स.)। बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका तीन जना कार्यकर्ताको मृत्युबारे गम्भीर प्रश्न उठेका छन्। मृतकका परिवारले यसमा पुलिसको षड्यन्त्र रहेको र तीनै जनाको हत्या गरिएको आरोप लगाएका छन्। चार दिनभित्र पुलिस कारबाहीसँग सम्बन्धित फरक-फरक घटनामा उनीहरूको मृत्यु भएको बताइएको छ। घटनाको विरोधमा विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन्। उल्लेखनीय छ, बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ।

ढाका ट्रिब्युनका अनुसार, यी घटनाहरू २१ जूनदेखि २५ जूनसम्म बारीसाल, फरीदपुर र चटगांउमा भएका हुन्। मृतकमध्ये एक जना वडास्तरीय अवामी लिग नेता, एक जना छात्र लिगका कार्यकर्ता तथा एक जना जुबो लिगका नेता रहेका छन्। अधिकारीहरूले प्रत्येक घटनामा फरक-फरक कारण प्रस्तुत गरेका भए पनि परिवार र राजनीतिक समर्थकहरूले मृत्युको परिस्थितिमाथि प्रश्न उठाएका छन्।

सबैभन्दा पछिल्लो घटना बुधबार चटगांउको सतकानिया उपजिल्लामा भएको हो। ढेमशा युनियन जुबो लिगका संयुक्त संयोजक नुरुल आलम को मृत्यु भएको छ। विस्फोटक पदार्थसम्बन्धी मुद्दामा जेल पठाइएको एक दिन नपुग्दै उनलाई चटगा़उ केन्द्रिय कारागारबाट चटगांउ मेडिकल कलेज अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भयो।

जेल प्रशासनका अनुसार, नुरुलले बुधबार बिहान अस्वस्थ भएको गुनासो गरेका थिए। शुरुमा जेल अस्पतालमा उपचार गरिएपछि उनलाई चटगांउ मेडिकल कलेज अस्पताल रेफर गरिएको थियो। मृत्यु प्रमाणपत्रमा उनको मृत्युको कारण श्वासप्रश्वासमा समस्या उल्लेख गरिएको छ। तर उनका परिवारले सरकारी दाबी अस्वीकार गर्दै मंगलबार डिटेक्टिभ ब्रान्च पुलिसले पक्राउ गरी योजनाबद्ध रूपमा हत्या गरेको आरोप लगाएका छन्।

यसअघि फरीदपुरको मधुखालीका छात्र लिग कार्यकर्ता मिर्जा इश्तियाक अहमदको आइतबार मृत्यु भएको थियो। परिवारका अनुसार, शनिबार दिउँसो जिल्ला डिटेक्टिभ ब्रान्चले उनलाई पक्राउ गरेको थियो र आमाकै अगाडि कुटपिट गरिएको थियो। भोलिपल्ट फरीदपुर मेडिकल कलेज अस्पतालमा उनको मृत्यु भयो। पुलिसले मृत्युको कारण सार्वजनिक गरेको छैन।

यस घटनापछि मधुखालीमा प्रदर्शन भएको थियो। स्थानीय बासिन्दाहरूले परिवारको आग्रहमा करिब ४० मिनेटसम्म ढाका-खुलना राजमार्ग अवरुद्ध गरेका थिए। त्यसपछि फरीदपुर डिटेक्टिभ ब्रान्च सदर जोनका प्रभारी सैयद मोहम्मद आलमगीर हुसेनलाई प्रशासनिक कारण देखाउँदै हटाएर पुलिस लाइन पठाइएको छ।

तीन घटनामध्ये पहिलो घटना बारीसालमा भएको थियो, जहाँ वार्ड नम्बर १ अवामी लिगका महासचिव राशिद खान मेननको मृत्यु भएको थियो। पुलिस छापामारीका क्रममा पक्राउबाट बच्न छत हुँदै भाग्ने प्रयास गर्दा चिप्लिएर टाउकोमा गम्भीर चोट लागेपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनलाई स्थानीय अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

यी तीनवटै घटनाको हालसम्म कुनै स्वतन्त्र छानबिन घोषणा गरिएको छैन।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande