प्रधानमन्त्री मोदीको सेशेल्सको तीनदिने भ्रमण, राष्ट्रिय दिवसको स्वर्ण जयन्ती समारोहमा सहभागी हुने
pm modi


नयाँ दिल्ली, २७ जून (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सेशेल्सको तीनदिने राजकीय भ्रमण आज (शनिबार) देखि शुरु हुँदैछ। यो भ्रमण भारत र सेशेल्सबीचको बलियो मित्रता, सामुद्रिक सहयोग तथा द्विपक्षीय साझेदारीलाई अझ सुदृढ़ बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

विदेश मन्त्रालयका अनुसार, प्रधानमन्त्री मोदीको यो भ्रमण सेशेल्सका राष्ट्रपति डा. प्याट्रिक हर्मिनीको निमन्त्रणामा हुन लागेको हो। सेशेल्सले आफ्नो राष्ट्रिय दिवसको स्वर्ण जयन्ती (५०औँ वार्षिकोत्सव) मनाइरहेको अवसरमा प्रधानमन्त्री मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। यसअघि प्रधानमन्त्री मोदीले सन् २०१५ मा सेशेल्सको भ्रमण गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति हर्मिनीसँग द्विपक्षीय वार्ता गर्नेछन्। दुवै नेताले भारत-सेशेल्स सहयोगका सबै क्षेत्रको समीक्षा गर्ने तथा क्षेत्रीय र अन्तरराष्ट्रिय विषयमा विचार आदान-प्रदान गर्नेछन्। यस अवधिमा प्रधानमन्त्री मोदीले सेशेल्सको राष्ट्रिय सभालाई पनि सम्बोधन गर्नेछन् र त्यहाँ बसोबास गरिरहेका भारतीय समुदायका सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande