प्रधानमन्त्री मोदीलाई सेशेल्स सरकारले प्रदान गऱ्यो ‘गार्डियन अफ द ब्लू होराइजन’ सम्मान
शेशल्स


नयाँ दिल्ली, 28 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेशेल्सको सर्वोच्च सम्मान 'गार्डियन अफ द ब्लू होराइजन' ले सम्मानित गरियो।

एक्स सन्देशमा प्रधानमन्त्री मोदीले सेशेल्सका नागरिकहरू, सरकार र राष्ट्रपति हर्मिनीप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्, म यो सम्मान विनम्रतापूर्वक स्वीकार गर्छु र यसलाई ती सबै देशहरूलाई समर्पित गर्छु, जो जलवायु परिवर्तनको चुनौतीसँग लड़िरहेका छन् तथा भावी पुस्ताको लागि पर्य़ावरण संरक्षण गर्ने आफ्नो जिम्मेवारी मानछन्। यो एउटा गम्भीर चुनौती हो जसको हामीले मिलेर सामना गर्नुपर्छ। हाम्रो तर्फबाट, भारत हाम्रो ग्रहलाई हरियो र दिगो बनाउन सबै आवश्यक कदम चाल्न तयार छ।

उनले भने, यो हाम्रा विभिन्न घरेलु नीतिहरू, 'मिसन लाइफ' मा हाम्रो जोड र अन्तरराष्ट्रिय सौर्य गठबन्धन र आपदा प्रतिरोधी पूर्वाधारको लागि गठबन्धन जस्ता विश्वव्यापी प्रयासहरूमा प्रतिबिम्बित हुन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande