
अगरतला, 29 जून (हि.स.)। त्रिपुरा र विमानस्थल सुरक्षा बलले विशेष गोप्य सूचनाका आधारमा महाराजा बीर बिक्रम हवाईअड्डमा सञ्चालन गरेको दुई छुट्टाछुट्टै अभियानमा आठ जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।
पुलिस स्रोतका अनुसार, दुवै अभियानमा चार-चार जना बङ्गलादेशी नागरिक पक्राउ परेका हुन्। प्रारम्भिक जाॅंचबाट उनीहरू सबै त्रिपुरा सीमाबाट अवैध रूपमा भारत प्रवेश गरेको र गुवाहाटी जाने योजनामा रहेको खुलेको छ।
पक्राउ परेकाहरूको साथबाट धेरै मोबाइल फोनसमेत बरामद गरिएको छ। उनीहरूलाई अदालतमा पेश गरिएको र थप जाॅंचका लागि तीन दिनको पुलिस हिरासत (रिमाण्ड) मा पठाइएको छ।
पुलिसले अवैध रूपमा भारत प्रवेश गराउने दलालहरूको सञ्जाल पत्ता लगाउने कार्यलाई तीव्र बनाएको छ। घटनासँग संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि अनुसन्धान जारी रहेको पुलिसले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी