
नयाँ दिल्ली, 0१ जुलाई (हि.स.)।जुलाई महिनाको पहिलो दिन भारतका तेल विपणन कम्पनीहरूले १९ किलोग्राम तौल भएको व्यावसायिक एलपीजी ग्यास सिलिन्डरको मूल्य घटाएका छन्। नयाँ मूल्यअनुसार आजदेखि देशका विभिन्न राज्यहरूमा व्यावसायिक एलपीजी सिलिन्डर १७४ रुपियाँदेखि १८३.५० रुपियाँसम्म सस्तो भएको छ।सबैभन्दा धेरै १८३.५० रुपियाँको मूल्य कटौती दिल्लीमा गरिएको छ भने सबैभन्दा कम १७४ रुपियाँको कटौती कोलकातामा भएको छ।यस मूल्य कटौतीबाट रेस्टुरेन्ट, ढाबा तथा क्याटरिङ सेवा सञ्चालन गर्ने व्यावसायिक उपभोक्ताहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ। यद्यपि, यो कटौती केवल व्यावसायिक श्रेणीका १९ किलोग्रामका एलपीजी सिलिन्डरमा मात्र लागू गरिएको हो। घरायसी प्रयोगमा आउने १४.२ किलोग्रामको एलपीजी (रसोई ग्यास) सिलिन्डरको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।तेल विपणन कम्पनीहरूका अनुसार, मूल्य घटेपछि दिल्लीमा व्यावसायिक एलपीजी सिलिन्डर १८३.५० रुपियाँले सस्तो हुँदै ३,११३.५० रुपियाँबाट घटेर २,९३० रुपियाँमा उपलब्ध हुनेछ।त्यसैगरी, मुम्बईमा यसको मूल्य १८२ रुपैयाँले घटेर २,८८५.५० रुपैयाँ कायम भएको छ। कोलकातामा १७४ रुपियाँको कटौतीपछि १९ किलोग्रामको एलपीजी सिलिन्डर ३,०८१.५० रुपियाँमा उपलब्ध हुनेछ।यस्तै, चेन्नईमा व्यावसायिक एलपीजी सिलिन्डर १७७ रुपियाँले सस्तो हुँदै ३,१०६ रुपियाँमा झरेको छ।दिल्लीसँग जोडिएको एनसीआर क्षेत्रमा नोएडामा व्यावसायिक एलपीजी सिलिन्डर १८३.५० रुपियाँले घटेर २,९३० रुपियाँमा उपलब्ध हुनेछ भने गुरुग्राममा १९ किलोग्रामको एलपीजी सिलिन्डर १८२.५० रुपियाँले सस्तो हुँदै २,९४७.५० रुपियाँमा बिक्री हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल