ठूलो पर्दामा विजयको अन्तिम दस्तक, ‘जना नायकन’ ले छिट्टै सेन्सर बोर्डको स्वीकृति पाउने सम्भावना
विजय - फोटो सोर्स एक्स


तमिल अभिनेता तथा राजनीतिज्ञ बनेका मुख्यमन्त्री विजयको अन्तिम फिल्म ‘जना नायकन’ फेरि चर्चामा आएको छ। लामो समयदेखि केन्द्रिय चलचित्र प्रमाणन बोर्ड (सेन्सर बोर्ड) को स्वीकृतिको प्रतीक्षामा रहेको यो फिल्मले अब छिट्टै हरियो झण्डा पाउने सम्भावना रहेको बताइएको छ।फिल्मलाई दिसम्बर २०२५ मा सेन्सर बोर्डसमक्ष प्रमाणनका लागि पेश गरिएको थियो। तर केही औपचारिक स्वीकृति प्रक्रियाका कारण यसको प्रमाणनमा ढिलाई भयो। पछिल्ला रिपोर्टअनुसार, फिल्मले छिट्टै प्रमाणपत्र प्राप्त गर्ने सम्भावना रहेको छ, जसपछि यसको प्रदर्शनको बाटो खुल्नेछ।

एच. विनोदको निर्देशनमा बनेको ‘जना नायकन’ केभीएन प्रोडक्सन्सको ब्यानरमा निर्माण गरिएको हो। अभिनेता विजयले सक्रिय राजनीतिमा पूर्ण रूपमा प्रवेश गरेपछि यो उनको अभिनेताका रूपमा अन्तिम फिल्म मानिएको छ।फिल्ममा बबी देओल, पूजा हेगडे, ममिता बैजू, प्रकाश राज र गौतम वासुदेव मेननले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।यो फिल्म शुरुमा जनवरी २०२६ मा प्रदर्शन गर्ने योजना थियो। तर केही अपरिहार्य कारणले यसको प्रदर्शन स्थगित गरियो। अब भने जुलाई २०२६ मा फिल्म प्रदर्शनमा आउने अपेक्षा गरिएको छ।निर्माण टोलीले प्रशंसकहरूले देखाएको धैर्यप्रति आभार व्यक्त गर्दै विजयको विदाई फिल्म दर्शकका लागि अविस्मरणीय सिनेमाटिक अनुभव बन्ने विश्वास व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande