गुरूग्रामः सड़क दुर्घटनामा दुई पुलिसकर्मीको मृत्यु, एकजना गम्भीर घाइते
गुरूग्रामः सड़क दुर्घटनामा दुई पुलिसकर्मीको मृत्यु, एकजना गम्भीर घाइते


-गस्तीमा गइरहेको ईआरवी ट्याङ्करसित ठोक्कियो, रिफलेक्टर नभएको कारणले भएको हो दुर्घटना, ट्याङ्कर ड्राइभरमाथि मुद्दा

गुरुग्राम, 14 जुलाई (हि.स.)। रात्रिकालीन गस्ती अवधि भएको भयानक सड़क दुर्घटनामा दुई जना पुलिसकर्मीहरूको पीड़ादायी दुर्घटना भयो भने एकजना गम्भीर रूपमा घाइते भए। दुर्घटना फर्रूखनगरको खेड़ा खुर्रमपुर गाउँको छेउमा भएको हो।

जानकारी अनुसार ईआरवी वाहन नम्बर-254 ले गए सोमवार राती लगभग एघार बजे हरिनगर डुमा क्षेत्रमा गस्ती गरिरहेको थियो। यसै अवधि कन्ट्रोल रूमबाट फर्रूखा नगरमा झगड़ा भएको सूचना प्राप्त भयो। सूचना पाए लगत्तै हेड कन्स्टेबल छोटेलाल, हेड कन्स्टेबल अनिल औ कन्स्टेबल धर्मेन्द्र फर्रुख नगर तर्फ प्रस्थान भए। खेड़ा खुर्रमपुरक सवेरा कलेजको नजिकै पुगेपछि द्रूत गतिको ईआरवी पछाड़िबाट ट्याङ्करसित ठोक्कियो। यस भयङ्कर ठक्करमा ईआरवी पूर्ण रूपमा क्षतिग्रस्त भयो। पुलिस अधिकारीहरूको भनाइ छ, ट्याङ्कर ट्र्याक्टरसित गाँसिएको थियो। त्यसमा कुनै पनि प्रकारको लाइट वा रिफलेक्टर थिएन जसले गर्दा पछाड़िबाट आएको ईआरवीको ड्राइभरले ट्याङ्कर देखेन।

दुर्घटनापछि तीनै जना पुलिसकर्मीहरू वाहनभित्र फसे। वरपरका मानिसहरूले वाहनलाई काटेर उनीहरूलाई बाहिर निकाले अनि तत्कालै अस्पतालमा पुऱ्याए। स्थानीय अस्पतालमा डाक्टरहरूले हेड कन्स्टेबल छोटेलाल र हेड कन्स्टेबल अनिललाई मृत घोषित गरिदिए भने कन्स्टेबल धर्मेन्द्रलाई प्राथमिक उपचारपछि मेदान्ता अस्पतालमा रेफर गरिएको छ। पुलिसले दुवै मृतक हेड कन्स्टेबलको शवलाई सिभिल अस्पतालको शवगृहमा रखाएको छ। मङ्गलवार दुवै शवको पोस्टमर्टम गरिनेछ। पुलिसले ट्याङ्कर ड्राइभरविरूद्ध मामिला दर्ता गरेको छ। यस घटनापछि पुलिस महकुमा शोकमा डुबेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande