केएमसीको जाँचमा निर्माणाधिन बहुतले परियोजनाहरूको महत्वपूर्ण खुलासा, सात प्रतिशत भवनहरूले मात्र पाए स्वीकृति
केएमसीको जाँचमा निर्माणाधिन बहुतले परियोजनाहरूको महत्वपूर्ण खुलासा, सात प्रतिशत भवनहरूले मात्र पाए स्वीकृति


-तारातला गोदाम दुर्घटनापछि भएको समीक्षामा 160 वटा परियोजनाहरूको जाँच, 23 वटा भवनहरूमा गम्भीर कमी-कमजोरी देखिएकोले निर्माणलाई तत्काल रोक्ने निर्देश

कोलकाता, 14 जुलाई (हि.स.)। तारातलामा निर्माणाधिन तीन तले गोदाम भत्किएर भएको भयानक दुर्घटनापछि कोलकाता नगरनिगम (केएमसी)- द्वारा शुरू गरिएको व्यापक जाँचमा महत्वपूर्ण खुलासा भएको छ। निगमको उच्चस्तरीय समितिद्वारा जाँचिएका 160 वटा निर्माणाधिन बहुतले भवनहरूमध्ये 11 वटा परियोजनाहरूलाई मात्र नियम अनुरूप निर्माण गरिएको पाइयो। अर्थात मात्र 6.87 प्रतिशत परियोजनाहरूलाई समितिले स्वीकृति दिएको छ।

केएमसी आयुक्त स्मिता पाण्डेले उच्चस्तरीय समितिको रिपोर्ट लिएकी छन्। मङ्गलवार बिहान केएमसीका एकजना उच्च अधिकारीले बताए, जाँचमा उजागार भएको छ कि 160 वटा निर्माणाधिन परियोजनाहरूको भौतिक निरीक्षण गरिएकोमा 11 वटा भवनहरू मात्र निर्धारित मानदण्डहरूमा खरो उत्रिए। अधिकांश परियोजनाहरूमा निर्माण सम्बन्धि नियमहरूलाई पालन नगरिएको कुरा पनि जाँचमा पाइएको छ।

जाँचावधि 23 वटा निर्माणाधिन बहुतले भवनहरूमा गम्भीर अनियमितता तथा लापरवाही पाइएको छ। यसमा निम्न स्तरको निर्माण सामग्रीको उपयोग, श्रमिकहरूको सुरक्षालाई अनदेखा तथा भवन निर्माण संहिता औ सुरक्षा मानदण्डहरूको उल्लङ्घन सामेल छन्। आयुक्त स्मिता पाण्डेले भनिन्, जसरी यी परियोजनाहरूमाथि काम भइरहेको थियो, त्यसलाई हेर्दा कुनै पनि समय ठूलो दुर्घटना हुने आशङ्कालाई कसैले अस्वीका गर्न सक्दैन।

यी कमी-कमजोरीहरूलाई मध्यनजर गर्दै केएमसीले सम्बन्धित 23 वटा परियोजनाहरूको निर्माण कार्यलाई तत्काल रोक्ने निर्देश दिएको छ। यी परियोजनाहरूको फाइल सम्बन्धित डेभलपर तथा प्रमोटरहरूलाई आवश्यक सुधारको लागि पठाइएको छ। जबसम्म सबै कमी-कमजोरीहरूलाई नियमानुसार हटाइँदैन तबसम्म यी स्थानहरूमा कुनै पनि प्रकारको निर्माण कार्य गर्न सकिनेछैन।

रिपोर्ट अनुसार 41 वटा अन्य निर्माणाधिन बहुतले परियोजनाहरूको अडिट रिपोर्ट तकनिकी समितिलाई पठाइएको छ। उपसमितिले जाँचेर स्वीकृति दिएपछि मात्र यी परियोजनाहरूलाई अगाड़ि बढ़ाउने निर्णय लिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande