
नयाँ दिल्ली, 15 जुलाई (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी)- का वार्ड समितिहरूको चुनाउ प्रक्रिया अगाड़ि बड़िरहेको बेला बुधवार आम आदमी पार्टी (आआपा)-लाई सिटी एसपी जोनमा ठूलो राजनीतिक झट्का लाग्यो। सिटी एसपी जोनबाट आआपाका पार्षद विकास टाङ्कले भारतीय जनता पार्टी (भाजपा)- को सदस्यता ग्रहण गरे।
प्रदेश भाजपा अध्यक्ष हर्ष मल्होत्रा औ चाँदनी चौकबाट सांसद प्रवीण खण्डेलवालले विकास टाङ्कलाई भाजपाको सदस्यता दिलाए। यस अवसरमा भाजपा नेताहरूले दाबी गरे, विकास पार्टीमा सामेल भएपछि सिटी एसपी जोनमा भाजपाको स्थिति अझ मजबुत भएको छ।
एमसीडीका वार्ड समितिहरूको चुनाउ अन्तर्गत सिटी एसपी जोनमा भाजपा र आआपमाझ काँटाको टक्कर हुने मानिँदैछ। यस्तो स्थितिमा आआपका एकजना पार्षद भाजपामा सामेल हुनुलाई चुनावी समीकरणको दृष्टिले महत्वपूर्ण मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा