असमलाई विकासको द्रूत गति तर्फ दोहोऱ्याउनेछौं, बाहिरका अण्डामाथि ट्याक्स लगाउनेमाथि विचार गरिँदैछ: डा. हिमन्त
असमलाई विकासको द्रूत गति तर्फ दोहोऱ्याउनेछौं, बाहिरका अण्डामाथि ट्याक्स लगाउनेमाथि विचार गरिँदैछ: डा. हिमन्त


गुवाहाटी, 15 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार विधानसभामा भने, उनको सरकारले आगामी पाँच वर्षमा राज्यको विकासलाई द्रूत गतिमा अगाड़ि बढ़ाउनेछ भने विपक्षको हरेक बाधालाई चिरेर अगाड़ि बढ़्नेछ।

मुख्यमन्त्रीले विपक्षमाथि धारिलो प्रहार गर्दै भने, उनको सरकार चुनौतीहरूसित डराउनेवाला छैन। जनतासित गरिएका सबै वाचाहरूलाई पूरा गर्नेछ। असमको विकास यात्रालाई कसैले रोक्न सक्दैन, उनले थपे।

शहरी विकासको उल्लेख गर्दै डा. सरमाले भने, यदि ओडिशा र गुजरातमा जस्तै पर्याप्त भूमि उपलब्ध भएको भए असममा पनि योजनाबद्ध ढङ्गमा नयाँ नगर विकसित गर्न सकिन्थ्यो। उनले भने, सरकारले सड़क अनि अन्य आधारभूत ढाँचाहरूको निर्माण गरेर विकसित भूमि पुनः जनतालाई सुम्पिनसक्छ, तर भूमि अधिग्रहणलाई लिएर अनावश्यक विवाद उत्पन्न गराइन्छ।

मुख्यमन्त्रीले राज्यलाई अण्डा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले बाहिरी राज्यबाट आउने अण्डामाथि कर लगाउने प्रस्ताव पनि राखे। उनले यो पनि घोषणा गरे, अरुणोदय औ निजुत मोइना सहित राज्य सरकारका विभिन्न कल्याणकारी योजनाहरूको विस्तार आगामी अगस्त महिनादेखि शुरू हुनेछ। डा. सरमाले भने, उनको सरकार जनतासित गरिएका वाचाहरूलाई पूरा गर्नको लागि प्रतिबद्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande