
नयाँ दिल्ली, 15 जुलाई (हि.स.)। दिल्ली सरकारले पूर्व प्रधानमन्त्री भारत रत्न अटल बिहारी वाजपेयीको आजादपुरमा 15 फुट अग्लो काँस्य प्रतिमा स्थापना गर्ने निश्चित गरेको छ। दिल्ली क्याबिनेटले यस आशयको प्रस्तावलाई गए मङ्गलवार स्वीकृति दिएको छ।
दिल्लीका गृहमन्त्री आशिष सूदले बुधवार सोशल मीडिया प्लेटफार्म एक्सको पोस्टमा भने, पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी एकजना महान राजनेता मात्र थिएनन्, दूरदर्शी नेतृत्व, सुशासन औ राष्ट्रहितको राजनीतिका प्रतीक पनि थिए। उनका विचार औ जीवनले आज पनि करोड़ौं देशवासीहरूलाई देशसेवा गर्नको लागि प्रेरित गर्दछ। दिल्ली सरकारद्वारा आज़ादपुरमा अटलजीको 15 फुट अग्लो काँस्य प्रतिमा स्थापना गर्ने निर्णय उनीप्रति श्रद्धाञ्जली हो। यो स्मारकले भावी पिंंढ़ीलाई उनका आदर्श अनि राष्ट्रप्रति समर्पणलाई स्मरण गराउनेछ।
मन्त्रीले अन्तमा भने, प्रतिमाको स्थापनासँगसँगै क्षेत्रको सौन्दर्यीकरण तथा आधारभूत सुविधाहरूको विकास पनि गरिनेछ जसबाट यो स्थान श्रद्धा, प्रेरणा औ जनसुविधाको एक महत्वपूर्ण केन्द्र बन्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा