अप्पर सियाङ्गमा मनसुनको वर्तमान अवस्थामाथि समीक्षा बैठक सम्पन्न
अप्पर सियाङ्गमा मनसुनको वर्तमान अवस्थामाथि समीक्षा बैठक सम्पन्न


इटानगर, 15 जुलाई (हि.स.)। अरुणाचल प्रदेशको अप्पर सियाङ्ग जिल्लामा जिल्ला आपदा प्रबन्धन प्राधिकरणले जिल्ला उपायुक्त टालो जेराङ्गको अध्यक्षतामा मनसुनको वर्तमान स्थितिको जायजा लिने, तयारीहरूको समीक्षा गर्ने तथा सम्पूर्ण जिल्लामा प्रतिक्रिया व्यवस्थालाई मजबुत बनाउनको लागि एक समीक्षा बैठक आयोजना गऱ्यो। बैठक यिङ्गकियोङ्गस्थित उपायुक्त कार्यालयको कन्फ्रेन्स हलमा आयोजना गरिएको थियो।

जिल्ला अधिकरीहरूले आज बताए, बैठकमा सबै सम्बन्धित विभागीय प्रतिनिधिहरूसित बातचित गरियो ताकि उनीहरूको तयारी तथा प्रतिक्रिया तन्त्रको जायजा लिन सकियोस्। बैठको अध्यक्षता गर्दै उपायुक्त टालो जेराङ्गले सबै सम्बन्धित पक्षहरूलाई निर्देश दिए, उनीहरू मनसुन अवधि सतर्क रहुन्। उनले आपतकालीन स्थिति विशेष गरी सड़क जाम अनि टुटिङ्ग-प्यालिङ्ग-यिङ्गकियोङ्ग सड़कमा तुरून्त प्रतिक्रिया दिने आवश्यकतामाथि बल दिए।

उनले बने, यो सड़क टुटिङ्ग सब-डिभीजन र वरपरका सीमावर्ती क्षेत्रहरूमा बस्ने मानिसहरूको लागि एउटा महत्वपूर्ण जीवन-रेखा हो भने यसको राजनीतिक महत्व पनि बढ़ी नै छ।

उनले सबै सम्बन्धित विभागहरूलाई निर्देश दिए, उनीहरूले आपस्तमा तालमेर राखेर काम गरून् ताकि कुनै पनि प्रकारको बाधा उत्पन्न भए त्यसको चाँड़ै समाधान गरी सम्पर्क बहाल गर्न सकियोस्।

विभिन्न विभागीय प्रमुखहरू जसमा बोर्डर रोड्स अर्गनाइजेशनका अधिकारी औ सड़क निर्माण कम्पनीहरूका प्रतिनिधिहरू सामेल छन्,- ले सड़क सम्पर्क, बिजुली आपूर्ति, पानी आपूर्ति तथा आवश्यक वस्तुहरूको उपलब्धताको स्थिति बारे जानकारी दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande