
हुगली, 15 जुलाई (हि.स.)। पश्चिम बङ्गालको प्रसिद्ध तिर्थस्थल तारकेश्वरमा बुधवार श्रद्धा अनि भक्तिको वातावरणमा पाँच दिवसीय महारुद्रयज्ञ औ श्रावणी मेला आरम्भ भयो। भगवान शिवको आराधना तथा विश्व शान्ति, समृद्धि औ जनकल्याणको कामना सहित आयोजना गरिएको यस धार्मिक अनुष्ठानमा ठूलो सङ्ख्यामा श्रद्धालुहरू सामेल भए।
तारकेश्वरका विधायक सन्तु पानले बताए, यस महारुद्रयज्ञको उद्देश्य भगवान शिवको उपासनाको माध्यमबाट समाजमा शान्ति, सद्भाव तथा कल्याणको सन्देश दिनु हो। आगामी पाँच दिनसम्म वैदिक मन्त्रोच्चारण, विशेष पूजन, हवन औ विभिन्न धार्मिक अनुष्ठानहरूको आयोजन गरिनेछ।
उनले शिवभक्त तथा आम श्रद्धालुहरूलाई यस पावन अवसरमा अधिकभन्दा अधिक सङ्ख्यामा भाग लिने अपील गर्दै भने, तपाीहरू सबै आउनुहोस्, बाबा तारकनाथको आराधनामा सहभागी बन्नुहोस् अनि भगवान शिवको आशीर्वाद प्राप्त गर्नुहोस्।
श्रावण महिना प्रत्येक वर्ष नै तारकेश्वरमा लाखौं श्रद्धालुहरूले जलाभिषेक तथा पूजा-अर्चना गर्ने गर्दछन्। यस वर्ष पनि महारूद्रयज्ञ तथा श्रावणी मेलाको अवसरमा प्रचुर मात्रामा भक्तहरू आउने सम्भावना छ। श्रद्धालुहरूको सुविधा र सुरक्षाका लागि प्रशासनद्वारा व्यापक व्यवस्था गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा