30 अगस्तसम्ममा अन्नपूर्ण योजनामा सबै पात्र महिलाहरूको पञ्जीकरण हुनेछ: मुख्यमन्त्री
30 अगस्तसम्ममा अन्नपूर्ण योजनामा सबै पात्र महिलाहरूको पञ्जीकरण हुनेछ: मुख्यमन्त्री


कोलकाता, 27 जुलाई (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भनेका छन्, अन्नपूर्ण योजना अन्तर्गत पात्र महिलाहरूका दस्तावेजहरूको सत्यापन गर्ने कार्य द्रूत गतिमा भइरहेको छ। आगामी 30 अगस्तसम्ममा सबै योग्य लाभार्थीहरूको पञ्जीकरण कार्यलाई पूरा गरिनेछ। उनले भरोसा दिलाए, पात्रताको आधारमा कुनै पनि योग्य महिलालाई योजनाको लाभदेखि व़्चित राखिनेछैन।

उत्तर बङ्गाल दौड़ाहमा आएका मुख्यमन्त्रीले सोमवार जलपाईगुड़ीमा पत्रकारहरूसित बातचित गर्दै भने, केही महिलाहरूको खातामा जून र जुलाईको किस्ता राशि पुगिसकेको छ भने केही आवेदनहरूको सत्यापन भइरहेको छ। उनले भने, सत्यापन पूरा भएपछि सबै पात्र महिलाहरूलाई योजनाको लाभ प्राप्त हुनेछ।

राज्यमा सरकार बनिएपछि शुरू गरिएका प्रमुख योजनाहरूमा अन्नपूर्ण पनि सामेल छ जसान्तर्गत पात्र महिलाहरूलाई प्रतिमहिना 3 हजार रुपियाँको आर्खिक सहायता दिइँंदैछ। ठूलो सङ्ख्यामा महिलाहरूले आवेदन गरेका छन् भने केही लाभार्थीहरूलाई राशि प्राप्त भइसकेको छ। जुन पात्र महिलाहरूको नाम अहिलेसम्म सूचीमा सामेल छैन, उनीहरूलाई पनि आगामी 30 अगस्तसम्म पञ्जीकृत गरिने आश्वासन मुख्यन्त्रीले दिए।

मुख्यमन्त्रीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाको पनि उल्लेख गर्दै भने, केन्द्र सरकारसँगसँगै राज्यसरकारले पनि किसानहरूलाई आर्थिक सहयोग दिरहेको छ। किसान बन्धु योजनाको सत्यापन पूरा भएपछि योग्य जमीन भएका किसानहरूलाई 4 हजार रुपियां सहायता दिइनेछ। उनले बताए, यसको लागि पात्रता र सीमा तय गर्ने व्यवस्था पनि गरिएको छ।

मुख्यमन्त्री शुभेन्दु अधिकारी हालैमा सिक्किममा भएको सुरूङ दुर्घटनामा ज्यान गुमाउने उत्तर बङ्गालका प्रवासी श्रमिकहरूको परिवारसित भेट गर्न तथा स्थितिको जायजा लिनका लागि जलपाईगुड़ी आएका छन्। यसै अवधि उनले जिल्ला प्रशासनिक कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गरिरहेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande