मुर्शिदाबादमा पाँच करोड़ रुपियाँको हेरोइन जफत, दुई आरोपी पक्राउ
मुर्शिदाबादमा पाँच करोड़ रुपियाँको हेरोइन जफत, दुई आरोपी पक्राउ


मुर्शिदाबाद, 27 जुलाई (हि.स.)। जिल्लाको भारत-बङ्गलादेश सीमामा मादक पदार्थहरूको तस्करी गर्ने एउटा ठूलो प्रयासलाई लालगोला थानाको पुलिसले विफल बनाइदियो। सोमवार भोर बिहान नवग्राम क्षेत्रमा सञ्चालित अभियानमा पुलिसले लगभग 3.176 किलोग्राम हेरोइन जफत गऱ्यो जसको अन्तर्राष्ट्रि बजारमा अनुमानित मूल्य लगभग 5 ककरोड़ रुपियाँ रहेको बताइएको छ। मामिलामा दुई जना आरोपीहरूलाई पक्राउ गरिएको छ जसको पहिचान निमाई सरकार र मोमिन शेखको रूपमा भएको छ। दुवै नै लालगोला थाना अन्तर्गत क्रमशः दुर्लभपुर एवं अठारोशियाका निवासी हुन्।

पुलिसलाई सूचना प्राप्त भएको थियो, नवग्राम क्षेत्रमा प्रचुर मात्रामा मादक पदार्थको खेप ल्याइएको छ। सूचनाको आधारमा पुलिसले अभियान सञ्चालन गरी दुई जना संदिग्धहरूलाई हिरासतमा लियो। जाँच गर्दा एकजना आरोपीबाट 01 हजार 460 ग्राम तथा दोस्रोबाट 01 हजार 704 ग्राम हेरोइन भेटियो। यसरी जम्मा 3 हजार 176 ग्राम हेरोइन जफत गरियो।

दुवै आरोपीलाई सोमवार बहरमपुरस्थित एनडीपीएस अदालतमा पेश गरियो जहाँ पुलिसले उनीहरूसित जाँचबुझ गरी सम्पूर्ण तस्करी नेटवर्कको बारेमा पत्तो लगाउनको लागि दश दिनको पुलिस हिरासतको माग गऱ्यो।

उल्लेखनीय छ, मुर्शिदाबादमा भारत-बङ्गलादेशको सीमाना भएर मादक पदार्थको तस्करी भइरहेका घटनाहरू निरन्तर सार्वजनिक भइरहेका छन्। पुलिसको भनाइ छ, सीमा क्षेत्रमा मादक पदार्थको तस्करीलाई रोक्नको लागि लगातार निगरानी तथा अभियान सञ्चालन गरिँदैछ। दुई दिनअघि पनि लालगोला थाना पुलिसले साहाबुद्दीन नामक एकजना आरोपीलाई 392 ग्राम हेरोइन,एउटा मोटरसाइकल तथा एउटा मोबाइल फोनसितै पक्राउ गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande