
नयाँ दिल्ली, 27 जुलाई (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले दिल्ली नगरनिगम (एमसीडी)- को टोल गेटमा हुने यातायात जामको समस्यालाई लिएर अधिकारीहरूलाई इन्दौर मोडलको अध्ययन गर्ने निर्देश दिएका छन् ताकि यसलाई कुनै एउटा एमसीडी जोनमा पायलट प्रोजेक्टको रूपमा लागू गर्न सकियोस्।
उपराज्यपालले सोमवार एमसीडीको एक विस्तृत समीक्षा बैठकको अध्यक्षता गरे। बैठकमा राजधानीमा नागरिकहरूको सुविधासित सम्बन्धित मुख्य प्राथमिकताहरू क्रमैले ठोस फोहोर प्रबन्धन, जल-जमाउको रोकथाम औ मनसुनमा वेक्टर-जनित बिमारीहरूलाई रोक्ने उपायमाछि चर्चा भयो।
उपराज्यपालले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गरी बताए, बैठकमा टोल गेटमा यातायात जामको समस्यामाथि पनि समीक्षा गर्दै अधिकारीहरूलाई निर्देश दिइयो, उनीहरूले इन्दौर मोडलको अध्ययन गरुन् ताकि यसलाई एउटा एमसीडी जोनमा पायलट प्रोजेक्टको रूपमा लागू गर्न सकियोस्।
बैठकमा पीएम-उदय योजनाको प्रगति, सड़कहरूको मरम्मत गर्ने योजना तथा सारा शहरभरि सड़क सुरक्षा अडिटको आवश्यकतामाथि पनि चर्चा भयो। उनले भने, हरेक एमसीडी अधिकारी कुशल नागरिक सेवा दिने मामिलामा सतर्क, सक्रिय औ जवाफदेही रहनुपर्छ। समयमै काम पूरा गरी तथा जिम्मेवारीको मजबुत भावना बोकेर एक स्वच्छ, सुरक्षित तथा सशक्त दिल्ली बनाउन सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा