शहीदहरूको सम्झानामा लायन्स क्लबले आयोजना गर्यो रक्तदान शिविर
शहीदहरूको सम्झनामा लायन्स क्लबले आयोजना गर्यो रक्तदान शिविर


खरसाङ, 27 जुलाई (हि.स.)। खरसाङ लायन्स क्लबले शहीद दिवसको उपलक्ष्यमा आज खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा रक्तदान शिविर आयोजना गर्यो।

आयोजकको पक्षबाट बोल्दै लायन्स क्लबका सदस्य सरोज चौहानले भने, आजको रक्तदान शिविर खरसाङ महकुमा युवा शक्तिको संयुक्त तत्ववधानमा आयोजना गरिएको हो। शिविरलाई टेक्निकल सहयोग सिलगढीका महाराजा अग्रसन लायन्स ब्लड सेन्टरले दिएको छ। रक्तदान शिविरमा रक्तदान गर्नेहरू आज सामुदायिक भवनमा आयोजित सहिद दिवस पालन गर्न आउने युवाहरू हुन्।

शिविरका अध्यक्ष नवीन अग्रवालले भने, 27 जुलाईको दिन कालेबुङमा बनेका शहीदहरूको सम्झनामा हामीले रक्तदान शिविर आयोजना गरेका हौँ। खरसाङमा भन्ने बित्तिकै रगत उपलब्ध हुँदैन। तसर्थ लायन्स क्लबले बारम्बार रक्तदान शिविर आयोजन गरेर रक्त ब्याङ्कमा सञ्चय गर्ने गरेको छ। जब पनि बिरामीलाई रगतको खाँचो पर्दछ म स्वयं उनीहरुलाई रक्त उपलब्ध गर्न सहयोग गर्ने गरेको छु।

क्लबका अध्यक्ष आयुष गुप्ताले भने, रक्तदान शिविर लायन्स क्लबका धेरै पहलहरूमध्ये एउटा प्रमुख पहल हो। हामी रक्तदान शिविर आयोजना गरेर चाहिएको समयमा बिरामीलाई रगत उपलब्ध पनि गराउने गर्ने गर्छौं।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande