राज्यस्तरीय ८०औँ स्वतन्त्रता दिवस समारोहको तयारी बैठक सम्पन्न
मुख्य सचिव आर. तेलाङ


गान्तोक, 27 जुलाई (हि.स.)। सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङको अध्यक्षतामा टाशीलिङ सचिवालयको सम्मेलन हलमा आगामी 80औं स्वतन्त्रता दिवसको राज्यस्तरीय उत्सवको प्रबन्धलाई अन्तिम रूप दिनका लागि आज एक तयारी बैठक आयोजन गरियो। बैठकमा राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुने राज्यस्तरीय स्वतन्त्रता दिवस समारोहको कार्यान्वयन योजनाको विस्तृत मूल्याङ्कन गरियो।

बैठकको अध्यक्षता गर्दै मुख्य सचिवले सम्बन्धित सबै विभागको तयारीको बारेमा जानकारी लिए तथा कार्यक्रमलाई सहज र सफल बनाउन प्रभावकारी अन्तरविभागीय समन्वय एवं तोकिएको जिम्मेवारी समयमै निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले उत्सवको गुणस्तर, मूल्य र समग्र आकर्षण बढाउन विभागहरूबाट सुझाउहरू पनि आह्वान गरे।

कार्यक्रमको मस्यौदामाथि विस्तृत अध्ययन गरी कार्यतालिका परिमार्जन, व्यवस्था र विभिन्न कार्य सम्पन्न गर्ने समयसीमाबारे आवश्यक निर्देशन दिइएको बताइएको छ।

यसअघि गृह (प्रोटोकल) विभागकी सचिव बेनु गुरुङले स्वागत मन्तव्य राखेकी थिइन्। बैठकमा विभागका प्रमुखहरू, वरिष्ठ पुलिस अधिकारी, लाइन विभागका वरिष्ठ अधिकारीहरू र सेनाका प्रतिनिधिहरूको उपस्थिति थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande