
खड़गपुर, 27 जुलाई (हि.स.)। पर्यावरण संरक्षण औ हरित आवरण बढ़ाउने उद्देश्यले पूर्व तथा पश्चिम मेदिनीपुर जिल्ला काष्ठ व्यवसायी कल्याण समितिले डेबरामा 'अरण्य उत्सव-2026' अन्तर्गत 30 हजार बिरूवा वितरण गऱ्यो। समितिले दुवै जिल्लामा मोठ एक लाख बिरूवा वितरण गर्ने ल्क्ष्य निर्धारण गरेको छ।
डेबरा ओभरब्रिजको मुनि आयोजित कार्यक्रममा समितिका अध्यक्ष प्रताप बेरा, सचिव गोलाम मोहम्मद, सबङ्गका विधायक अमल पाण्डा, डेबराका विधायक शुभाशिष ओम तथा पिङ्गलाकी विधायक स्वागता मान्ना सहित अन्य गण्यमान्य मानिसहरू उपस्थित थिए। सबैले मानिसहरूसित पर्यावरण संरक्षणको लागि अधिकभन्दा अधिक वृक्षारोपण गर्ने अनि त्यसको स्याहार-सुसार गर्ने आह्वान गरे।
समितिका प्रतिनिधिहरूले बताए, भूमि उपलब्ध रहेका मानिसहरूलाई निःशुल्क बिरूवा वितरण गरिँदैछ। साथै बिरूवालाई हुर्काउनको लागि हेरचाह, स्याहार-सुसार एवं हुर्किँदासम्मको आवश्यक मार्गदर्शन पनि प्रदान गरिनेछ।
समितिका राजीव बारिकले भने, वृक्षारोपण पर्यावरण संरक्षणसँगसँगै भविष्यमा काठउपलब्धता सुनिश्चित गर्ने माध्यम पनि हो।उनले भने, वृक्ष परिपक्व भएपछि मालिकहरूलाई उचित मूल्य दिलाउनको लागि पनि समितिले सहयोग गर्नेछ। यस अतिरिक्त रूख काटेको खण्डमा दश वटा नयाँ बिरूवा रोप्नको लागि पनि प्रोत्साहन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा