
बरपेटा (असम), 27 जुलाई (हि.स.)। असमको बरपेटा रोडको छेउमा बिलासीपारा पथार क्षेत्रमा सोमवार सवेरै एक सन्त्राषपूर्ण हत्या भएको घटना प्रकाशमा आएको छ। पारिवारिक विवादमा कथित रूपमा मातेर पुगेका एकजना व्यक्तिले आफ्नै ससुराको धारिलो चक्कुले प्रहार गरी हत्या गरिदियो।
जानकारी अनुसार आरोपी जहर अली सोमवार सवेरै मातेर आफ्नो ससुरा कासेल अलीको घरमा पुग्यो। त्यहाँ उसले झगड़ा गर्न शुरू गऱ्यो। विरोध गर्दा दुईबीच भनाबैरी भयो जसपश्चात आरोपीले धारिल हतियारले हमला गरी कासेम अलीको हत्या गरिदियो।
घटनापछि आरोपीले घटनास्थलबाट भाग्ने प्रयास गरिरहेको थियो। तर परिवारजनले चिच्याएको कारणले स्थानीय मानिसहरूले उसलाई समातेर बरपेटा रोड पुलिसलाई सुम्पिदिए।
सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। त्यसपछि आरोपीलाई पक्राउ गरी थानामा पुऱ्यायो। मामिलाको जाँच गर्नको लागि फोरेन्सिक टीमले पनि घटनास्थलमा पुगेर प्रमाण जुटायो।
यस घटनाको कारणले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ। मृतकको परिवार अनि स्थानीय मानिसहरूले आरोपीविरूद्ध कड़ाभन्दा कड़ा सजाय दिने माग गरेका छन्। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा