असममा बाढीबाट नौ जिल्लाका ५,२४,७३३ जना प्रभावित, थप दुई शव फेला
असमः बाढ़ प्रभावितों के बीच राहत सामग्री वितरण का दृश्य


गुवाहाटी, २७ जुलाई (हि.स.)। असममा बाढीको पानी अहिले तीव्र गतिमा घट्न थालेको भए पनि बाढी प्रभावित क्षेत्रहरूको अवस्था पूर्ण रूपमा बदलिएको छ। खेतमा बाली नष्ट भएका छन् भने घर, सडक र विद्यालयहरूमा बाढीसँगै आएको हिलो र लेदोले नयाँ चुनौती सिर्जना गरेको छ। प्रभावित नागरिकहरूको आँखामा निराशा र शून्यता देखिन्छ। सरकारले सम्भव सबै उपाय अपनाइरहेको दाबी गरे पनि वर्तमान अवस्थाले थप चुनौती खडा गरेको छ।

असम राज्य आपदा प्रबन्धन प्राधिकरण (एएसडीएमए) ले २६ जुलाईमा सार्वजनिक गरेको विवरणअनुसार, बाढीका कारण थप दुई जनाको मृत्यु पुष्टि भएको छ। यससँगै राज्यमा बाढीजन्य घटनामा ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ। असममा धनसिरी (नुमालीगढ) नदी खतरा सतहभन्दा माथि बगिरहेको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व शर्माले आइतबार राति सामाजिक सञ्जालमार्फत विधानसभा बजेट अधिवेशन समाप्त भएपछि राज्यका सबै मन्त्रीहरू बाढी प्रभावित क्षेत्रमा पुगेर अवस्थाको प्रत्यक्ष मूल्याङ्कन गर्ने जानकारी दिएका छन्।

हाल बाढीबाट राज्यका नौ जिल्ला चराइदेव, गोलाघाट, जोरहाट, शिवसागर, होजाई, कामरूप, नगाँव, कामरूप (मेट्रो) र डिब्रुगढ-गम्भीर रूपमा प्रभावित छन्। यी जिल्लाका २४ राजस्व मण्डलअन्तर्गत ७६३ गाउँ प्रभावित भएका छन्। कुल ५,२४,७३३ जना प्रभावित भएका छन् भने ४८,७४२.०९ हेक्टर कृषि भूमि डुबानमा परेको छ।

राज्य सरकारले बाढी प्रभावितका लागि १०९ राहत शिविर र २४५ राहत वितरण केन्द्रसहित कुल ३४५ राहत केन्द्र सञ्चालन गरेको छ। राहत शिविरहरूमा ३७,७२४ जना आश्रय लिइरहेका छन् भने १,५३,८३३ जना गैर-शिविरवासीले राहत वितरण केन्द्रबाट सहायता प्राप्त गरिरहेका छन्।

२६ जुलाईमा चराइदेव जिल्लामा बाढीको पानीबाट थप दुई शव फेला परेका छन्। बाढीबाट प्रभावित पशुधनको संख्या ८८,२४० पुगेको छ, जसमा ४५,८९५ ठूला पशु, २६,३३५ साना पशु र १६,०१० कुखुरा रहेका छन्। यसैबीच बाढीमा बगेर कुल २६,५१२ पशु हराएका छन्। चराइदेव जिल्लामा ९,९७३ र शिवसागर जिल्लामा १६,५३९5 पशु प्रभावित भएको विवरण छ।

२६ जुलाईसम्म पूर्ण रूपमा क्षति भएका कच्ची घरको संख्या ५७९ पुगेको छ, जसमा जोरहाटमा १९ र शिवसागरमा ५६० छन्। आंशिक रूपमा क्षति भएका कच्ची घरको संख्या १,५६० रहेको छ, जसमा जोरहाटमा ६० र शिवसागरमा १,५०० छन्। आंशिक रूपमा क्षति भएका पक्की घरको संख्या ५१ रहेको छ, जसमा जोरहाटमा ६ र शिवसागरमा ४५ छन्। शिवसागर जिल्लामा २५० झुपडी तथा अन्य ७९२ वटा पशु गोठमा पनि क्षति पुगेको छ, जसमा शिवसागरमा २५० र जोरहाटमा १२ वटा रहेका छन्।

राहत तथा उद्धार कार्यमा एसडीआरएफ, सेना तथा अर्धसैनिक बल, एनडीआरएफ, डीडीआरएफ, वायुसेना, पुलिस, अग्निनियन्त्रण तथा आपतकालीन सेवा (एफ एन्ड ईएस), स्थानीय प्रशासन, नागरिक सुरक्षा तथा प्रशिक्षित स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका छन्। बाढी प्रभावित क्षेत्रमा राज्य सरकारले १५२ वटा स्वास्थ्य टोली परिचालन गरेको छ। साथै ३६ वटा डुङ्गा राहत कार्यमा प्रयोग गरिएको छ भने राहत कार्यलाई तीव्र बनाउन दुई वटा हेलिकोप्टर पनि परिचालन गरिएको छ।

राज्य सरकारले बाढी प्रभावितहरूलाई ३,३०२.५४८ क्विन्टल चामल, ५९०.९९८ क्विन्टल दाल, १७७.३७६१ क्विन्टल नुन, १७,७३५.९५ लिटर तोरीको तेल वितरण गरेको छ। साथै पशुचारा स्वरूप ४४६.२४ क्विन्टल गहुँको चोकर र १४६.२१ क्विन्टल चामलको चोकर पनि वितरण गरिएको छ।

बाढीका कारण सडक, पुल तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ। ती संरचनाको मर्मत तथा पुनःस्थापनाका लागि राज्य सरकारले निरन्तर समीक्षा बैठक गर्दै अवस्थाको अनुगमन गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande