
सम्भल, 27 जुलाई (हि.स.)। उत्तर प्रदेशमा सम्भल जिल्लाको बनियाथेर पुलिस थाना क्षेत्रमा एक व्यक्तिले प्रेम प्रसंगको शङ्कामा आफ्नी छोरीको कुटेरै हत्या गऱ्यो। पुलिसले अभियुक्तलाई पक्राउ गरी थप कारबाही शुरु गरेको छ।
पुलिस अधीक्षक (एसपी) सम्भल कृष्ण कुमार बिश्नोईले अभियुक्त पिता रोहतासलाई पुलिसले अलावलपुर चौराहाबाट पक्राउ गरेको बताए। सोधपुछ गर्दा 24 जुलाईमा अभियुक्तले छोरी सुरजमुखीलाई त्यही गाउँका युवक अर्जुनसँग कुराकानी गरिरहेको देखेको खुलासा भएको थियो। यसबाट आक्रोशित पिताले छोरीलाई बाटोमा धकेलेर कुटपिट गऱ्यो र घर तानेर लग्यो। आक्रमणको क्रममा केटीको टाउको भित्तामा ठोक्कियो, जसले गर्दा उनी गम्भीर घाइते भइन्। उनलाई अस्पताल लगियो जहाँ उनको मृत्यु भयो।
मृतकको बड़ाको उजुरीमा पुलिसले हत्याको मुद्दा दर्ता गरेको छ। अभियुक्त रोहतासले आफ्नी छोरीलाई कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ। पुलिसले यस विषयमा थप अनुसन्धान शुरु गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी