मेदिनीपुरमा विधायक सेवा केन्द्र प्रारम्भ, जनसेवा तथा सरकारी सुविधाहरूको विस्तार
मेदिनीपुरमा विधायक सेवा केन्द्र प्रारम्भ, जनसेवा तथा सरकारी सुविधाहरूको विस्तार


मेदिनीपुर, 27 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाका 236 नम्बर मेदिनीपुर विधानसभा क्षेत्रमा सोमवार विधायक सेवा केन्द्रको शुभारम्भ गरियो। यसको उद्देश्य सर्वसाधारण मानिसहरूसम्म सरकारी सेवाहरूको सरल तत्काल पहुँच सुनिश्चित गर्नु हो।

सेवा केन्द्रको उद्घाटन मेदिनीपुरका विधायक शङ्कर गुच्छैतले गरे। यस अवसरमा पश्चिम मेदिनीपुरकी मुख्य स्वास्थ्य अधिकारी डा.सौम्य शङ्कर षड़ङ्गी सहित प्रशासनका अन्य अधिकारी अनि गण्यमान्य नागरिकहरू उपस्थित थिए। विधायक शङ्कर गुच्छैतले भने, हाम्रो लक्ष्य प्रत्येक नागरिकसम्म सरकारी योजना एवं सेवाहरूको तत्काल, पारदर्शी तथा सहज पहुँच सुनिश्चित गरी जनविश्वासलाई मजबुत बनाउनु हो।

उद्घाटन समारोहमा सेवा केन्द्रको माध्यमबाट विभिन्न जनोपयोगी सेवाहरू उपलब्ध गराइयो। वक्ताहरूले विश्वास व्यक्त गरे, यो केन्द्रले नागरिकहरूको समस्या समाधान गर्नमा अनि आवश्यक सरकारी सुविधाहरू समयमै उपलब्ध गराउनमा महत्वपूर्ण भूमिका निभाउनेछ।

विधायक शङ्कर गुच्छैतले भने, यस पहलको मुख्य उद्देश्य सरकारी सेवाहरूलाई मानिसहरूको ढोकासम्म पुऱ्याउनु हो। उनले भविष्यमा पनि जनकल्याणसित सम्बन्धित कार्यक्रमहरूक माध्यमबाट क्षेत्रवासीहरूको सेवा गरिरहने आश्वासन समेत दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande