फिफा विश्वकप २०२६: पोर्टुगल प्रि-क्वार्टरफाइनलमा, क्रोएसियालाई २-१ ले पराजित गर्यो
गोल करने के बाद खुशी मनाते क्रिस्टियानो रोनाल्डो


टोरन्टो, 03 जुलाई (हि.स.)। क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक गोल तथा अतिरिक्त समयमा गोन्कालो रामोसको निर्णायक हेडरको मद्दतमा पोर्टुगलले शुक्रबार फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत क्रोएसियालाई २-१ ले पराजित गर्दै अन्तिम-१६ मा स्थान सुरक्षित गरेको छ। खेलको अन्तिम क्षणमा क्रोएसियाले बराबरी गोल गरे पनि भीएआर जाँचपछि उक्त गोल अफसाइड ठहर गर्दै रद्द गरिएको थियो।

खेलको पहिलो गोल क्रोएसियाले ५३औँ मिनेटमा गर्‍यो। अनुभवी विंगर इभान पेरिसिचले पोर्टुगलका गोलरक्षक डियोगो कोस्टालाई छक्याउँदै उत्कृष्ट फिनिसमार्फत टोलीलाई १-० को अग्रता दिलाए।

यसको केही मिनेटपछि रोनाल्डोले गोल गरे तर अफसाइडका कारण गोल भएन।

६९औँ मिनेटमा पोर्टुगलले पेनल्टीको अवसर पायो, जब रेनाटो भेइगालाई निकोला भ्लासिचले पेनल्टी क्षेत्रभित्र लडाएका थिए। भीएआर समीक्षापछि रेफ्रीले पेनल्टी दिएका थिए। रोनाल्डोले कुनै गल्ती नगरी स्पट-किकलाई गोलमा परिणत गर्दै स्कोर १-१ बराबरी बनाए। यो विश्वकपको नकआउट चरणमा रोनाल्डोको पहिलो गोल पनि हो।

त्यसपछि दुवै टोलीले लगातार आक्रमण गरे। क्रोएसियाका मातेओ कोभाचिचको उत्कृष्ट प्रहारलाई गोलरक्षक डियोगो कोस्टाले पोस्टतर्फ धकेले भने मारियो पासालिचको हेडर थोरैले बाहिरिएको थियो।

निर्धारित समय सकिएपछि खेल अतिरिक्त समयमा पुगेको चौथो मिनेटमा राफेल लियाओको उत्कृष्ट पासमा गोन्कालो रामोसले शक्तिशाली हेडरमार्फत गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए।

तर खेलको रोमाञ्चकता यतिमै समाप्त भएन। अन्तिम क्षणमा योश्को ग्वार्डियोलले क्रोएसियाका लागि बराबरी गोल गरे पनि भीएआर जाँचमा उनी अफसाइड देखिएपछि गोल रद्द गरियो। यस निर्णयले क्रोएसियाली खेलाडी तथा समर्थक निराश बने भने पोर्चुगलले ऐतिहासिक जितको उत्सव मनायो।

यस जितसँगै पोर्टुगल प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ, जहाँ उसले जुलाई ७ मा डलासमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande