संयुक्त अभियानमा असम पुलिसद्वारा ८ करोड़को याबा ट्याब्लेट बरामद, दुई पक्राउ
असम पुलिस द्वारा जब्त याबा टैबलेट्स एवं गिरफ्तार तस्करों की तस्वीर


कछार (असम), 0५ जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमाले आइतबार कछार र हैलाकान्दी जिल्लामा असम पुलिस, असम राइफल्स तथा जिल्ला पुलिस एकाइहरूले सञ्चालन गरेको संयुक्त अभियानमा करिब ८ करोड़ भारतीय रुपियाँ बराबरका ८० हजार याबा ट्याब्लेट बरामद गरिएको तथा दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी सार्वजनिक गर्दै मुख्यमन्त्री सरमाले सफल अभियानका लागि कछार पुलिस, हैलाकान्दी पुलिस र असम राइफल्सको प्रशंसा गरेका छन्।

उनका अनुसार, बरामद गरिएका ८० हजार याबा ट्याब्लेटको अनुमानित बजार मूल्य करिब ८ करोड़ भारतीय रुपियाँ रहेको छ। अभियानका क्रममा दुई जना आरोपीलाई पनि पक्राउ गरिएको उनले बताए।

मुख्यमन्त्री सरमाले लागूऔषधविरुद्ध राज्य सरकारको ‘शून्य सहनशीलता’ नीति दोहोर्याउँदै यस कारबाहीले असममा लागूऔषध तस्करी नियन्त्रण गर्न कानुन कार्यान्वयन गर्ने निकायहरूले निरन्तर गरिरहेको प्रयासलाई प्रतिबिम्बित गर्ने बताएका छन्।

उक्त बरामद ‘असम अगेन्स्ट ड्रग्स’ अभियानअन्तर्गत अवैध लागूऔषध कारोबारविरुद्ध राज्य सरकारले सञ्चालन गरिरहेको निरन्तर कारबाहीको एक हिस्सा भएको जनाइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande