80 औं स्वतन्त्रता दिवस फूटबल प्रतियोगिता, केएफसी सिलगढी र युकेएफसी जुनियर सेमी फाइनलमा
Independence day football


खरसाङ, 11 अगस्त (हि.स.)। खरसाङ महकुमा खेलकूद संघद्वारा आयोजित 80 औं स्वतन्त्रता दिवस फूटबल प्रतियोगिता अन्तर्गत मंगलवार दुईवटा क्वार्टर फाइनल खेलहरू सम्पन्न भए। दिनको प्रथम खेल केएफसी सिलगढी बनाम जेएनएफसीमाझ भयो।

यस खेलमा केएफसी सिलगढीले जेएनएफसीलाई 6-1 ले पराजित गरी सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। दिनको दोस्रो खेलमा युकेएफसी जुनियरले वाइट अर्किड सिपाहीधुरालाई 1 को विरुद्ध 4 गोल गरी विजयी बनेको छ।

प्रतियोगिता भिक्टोरिया स्कूलको खेल मैदानमा भइरहेको छ भने यस प्रतियोगितामा जम्मा 10 वटा दलहरूले भाग लिइरहेका छन्। यसको दुईवटा सेमिफाइनल खेल अगामी 13 अगस्त अनि फाइनल खेल 15 अगस्तमा हुनेछ। यस प्रतियोगिताको विजेतालाई 1969 सालमा बनाइएको शुद्ध चाँदीको ट्रफी सहित नगद 25 हजार रुपियाँ अनि उप विजेता दल लाई ट्रफी सहित 15 हजार प्रदान गरिने छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande